‘सङ्घीयतालाई सहि ढङ्गले कार्यान्वयन गर्न आवश्यक’
भक्तपुर, १७ वैशाख । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीयतालाई सहि ढङ्गले कार्यान्वयन गर्न समयानुकूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।
आज सानोठिमीस्थित सिटिईभिटीअन्तर्गत रहेको प्राविधिक प्रशिक्षण प्रतिष्ठानको २५ वर्षको अवसरमा आयोजित रजत जयन्ती विशेष समारोहमा बोल्दै उहाँले सिङ्गो देश यतिबेला सङ्घीयतामा अगाडि बढिरहेको र सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले आवश्यकताअनुरुप परिवर्तन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
सिङ्गो देश सङ्घीयतामा अगाडि बढिरहेको वर्तमान समयमा शैक्षिक, प्रशासनिक र प्राविधिक क्षेत्रलाई पनि सङ्घीय संरचनाअनुरुप परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो । नयाँ संरचनाअनुसार २४० निर्वाचन क्षेत्रमा प्राविधिक शिक्षालाई विस्तार गर्नका लागि सरकारले स्वीकृत प्रदान गरेका सार्वजनिक माविमा आवश्यक प्राविधिक शिक्षाको जनशक्तिको अभाव खड्किरहेको अवस्थामा त्यस्ता जनशक्तिको उत्पादनमा समेत यसले सहयोग पु¥याउने मन्त्री पौडेलले बताउनुभयो ।
“प्रतिष्ठानले समयानुकूल आफूलाई परिवर्तन गर्दै लैजानु पर्छ,” उहाँले भन्नुभयो । राजनीतिक रुपले बदलिएको परिवेशलाई कार्यान्वयन गर्ने क्रममा सरकार रहेको चर्चा गर्दै उहाँले २५ वर्ष अगाडि रहेको राजनीतिक पद्धति र आजको पद्धति परिवर्तन भएको बताउनुभयो ।
राष्ट्र निर्माणका लागि आवश्यक जनशक्ति विकासका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको प्रतिष्ठानले नेपालका जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने र अन्तर्राष्ट्रियस्तरका जनशक्तिलाई नेपालमा ल्याएर नेपालको नाम उच्च राख्न सफल भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्त्री पौडेलले प्रतिष्ठानले प्रकाशित गरेको स्मारिका विमोचन गर्नुभयो । उहाँले रजत जयन्ती स्तम्भको समेत अनावरण गर्नुभयो ।
सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक अकिम श्रेष्ठले प्रतिष्ठान स्थापना भएदेखि २६ हजारभन्दा बढी व्यक्तिलाई प्रशिक्षण दिएको र हजाराँैलाई प्रशिक्षक बनाएर दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको बताउनुभयो ।
उहाँले नेपालको मात्रै नभई भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स, तथा युरोपका विभिन्न देशका नागरिकलाई समेत प्रशिक्षण दिने र नेपालीलाई पनि विभिन्न देशमा पठाएर प्रशिक्षण लिने कार्यलाई निरन्तरता दिँदै अझै सेवालाई विभिन्न देशमा विस्तार गर्ने बताउनुभयो ।
शिक्षा मन्त्रालयका निमित्त सचिव हरिप्रसाद लम्साल, सिटिईभिटीका सदस्य सचिव रमेशकुमार बखती, प्रा डा सुरेशराज शर्मा, प्रा डा गीताभक्त जोशी, सिटिईभिटीका उपाध्यक्ष डा कुलबहादुर गुरुङ, दातृ निकायका प्रतिनिधि डा जोर्ग फ्रिडनलगायतले प्रतिष्ठानले आफ्नो लक्ष्यअनुरुप कार्य गर्दै गएको चर्चा गर्दै प्रशिक्षणको क्षेत्र र विषयलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्रशासन प्रमुख प्रमोदभक्त आचार्यले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने, तालिम प्रदान गर्ने, नयाँ विषयको पाठ्यक्रम निर्माणदेखि प्रशिक्षक प्रशिक्षणसमेत गर्दै आएकाले आगामी दिनमा यसलाई अझै विस्तार गर्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












