‘सङ्घीयतालाई सहि ढङ्गले कार्यान्वयन गर्न आवश्यक’
भक्तपुर, १७ वैशाख । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीयतालाई सहि ढङ्गले कार्यान्वयन गर्न समयानुकूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।
आज सानोठिमीस्थित सिटिईभिटीअन्तर्गत रहेको प्राविधिक प्रशिक्षण प्रतिष्ठानको २५ वर्षको अवसरमा आयोजित रजत जयन्ती विशेष समारोहमा बोल्दै उहाँले सिङ्गो देश यतिबेला सङ्घीयतामा अगाडि बढिरहेको र सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले आवश्यकताअनुरुप परिवर्तन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
सिङ्गो देश सङ्घीयतामा अगाडि बढिरहेको वर्तमान समयमा शैक्षिक, प्रशासनिक र प्राविधिक क्षेत्रलाई पनि सङ्घीय संरचनाअनुरुप परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो । नयाँ संरचनाअनुसार २४० निर्वाचन क्षेत्रमा प्राविधिक शिक्षालाई विस्तार गर्नका लागि सरकारले स्वीकृत प्रदान गरेका सार्वजनिक माविमा आवश्यक प्राविधिक शिक्षाको जनशक्तिको अभाव खड्किरहेको अवस्थामा त्यस्ता जनशक्तिको उत्पादनमा समेत यसले सहयोग पु¥याउने मन्त्री पौडेलले बताउनुभयो ।
“प्रतिष्ठानले समयानुकूल आफूलाई परिवर्तन गर्दै लैजानु पर्छ,” उहाँले भन्नुभयो । राजनीतिक रुपले बदलिएको परिवेशलाई कार्यान्वयन गर्ने क्रममा सरकार रहेको चर्चा गर्दै उहाँले २५ वर्ष अगाडि रहेको राजनीतिक पद्धति र आजको पद्धति परिवर्तन भएको बताउनुभयो ।
राष्ट्र निर्माणका लागि आवश्यक जनशक्ति विकासका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको प्रतिष्ठानले नेपालका जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने र अन्तर्राष्ट्रियस्तरका जनशक्तिलाई नेपालमा ल्याएर नेपालको नाम उच्च राख्न सफल भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्त्री पौडेलले प्रतिष्ठानले प्रकाशित गरेको स्मारिका विमोचन गर्नुभयो । उहाँले रजत जयन्ती स्तम्भको समेत अनावरण गर्नुभयो ।
सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक अकिम श्रेष्ठले प्रतिष्ठान स्थापना भएदेखि २६ हजारभन्दा बढी व्यक्तिलाई प्रशिक्षण दिएको र हजाराँैलाई प्रशिक्षक बनाएर दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको बताउनुभयो ।
उहाँले नेपालको मात्रै नभई भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स, तथा युरोपका विभिन्न देशका नागरिकलाई समेत प्रशिक्षण दिने र नेपालीलाई पनि विभिन्न देशमा पठाएर प्रशिक्षण लिने कार्यलाई निरन्तरता दिँदै अझै सेवालाई विभिन्न देशमा विस्तार गर्ने बताउनुभयो ।
शिक्षा मन्त्रालयका निमित्त सचिव हरिप्रसाद लम्साल, सिटिईभिटीका सदस्य सचिव रमेशकुमार बखती, प्रा डा सुरेशराज शर्मा, प्रा डा गीताभक्त जोशी, सिटिईभिटीका उपाध्यक्ष डा कुलबहादुर गुरुङ, दातृ निकायका प्रतिनिधि डा जोर्ग फ्रिडनलगायतले प्रतिष्ठानले आफ्नो लक्ष्यअनुरुप कार्य गर्दै गएको चर्चा गर्दै प्रशिक्षणको क्षेत्र र विषयलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्रशासन प्रमुख प्रमोदभक्त आचार्यले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने, तालिम प्रदान गर्ने, नयाँ विषयको पाठ्यक्रम निर्माणदेखि प्रशिक्षक प्रशिक्षणसमेत गर्दै आएकाले आगामी दिनमा यसलाई अझै विस्तार गर्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












