प्रमुख तीन दलद्वारा उम्मेदवारी दर्ता
ललितपुर, १९ वैशाख । स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तीन दलले आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।
यहाँका गोदावरी नगरपालिमा नेपाली काँग्रेसले गजेन्द्र महर्जन, नेकपा (एमाले)ले श्याम सिलवाल र नेकपा (माओवादी केन्द्र)ले गोविन्द महर्जनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ ।
त्यसैगरी नगर उपप्रमुखमा काँग्रेसले मुना अधिकारी कुँवर, एमालेले तारा सञ्जेल र (माओवादी केन्द्र)ले सीता घिमिरेलाई उम्मेदवार बनाएको छ ।
यस्तै महालक्ष्मी नगरपालिमा काँग्रेसले महेश खड्का, एमालेले रामेश्वर श्रेष्ठ र (माओवादी केन्द)ले शिव कट्टेललाई नगर प्रमुखकको उम्मेदवार बनाएको छ । उपप्रमुखमा काँग्रेसले लक्ष्मी श्रेष्ठ, एमालेले निर्मला थापा र (माओवादी केन्द्र)ले लक्ष्मी सिंह महर्जनलाई उम्मेदवार बनाएको छ ।
यसैगरी वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसले वीरबहादुर लोप्चन, एमालेले दुर्गा घिमिरे र (माओवादी केन्द्र)ले राजु आलेमगरलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले रञ्जना तिमिल्सिना, एमालेले डोलकुमार सिँतान र (माओवादी केन्द्र)ले कमला थापामगरलाई उम्मेदवार बनाएको छ ।
कोञ्ज्यो गाउँपालिकाको अध्यक्षमा काँग्रेसले राजन घिमिरे, एमालेले कृष्णमान लामा र (माओवादी केन्द्र)ले गोपी सिँतानलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले लक्ष्मीमाया लोप्चन, एमालेले सुष्मिता दुलाल घिमिरे र (माओवादी केन्द्र)ले मिग्मा लामालाई उम्मेदवार बनाएको छ ।
यस्तै महाङ्काल गाउँपालिकाको अध्यक्षमा काँग्रेसले भीमसेन घिमिरे, एमालेले रामचन्द्र दाहाल र (माओवादी केन्द्र)ले बुद्ध नेगीलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले सुशीला अधिकारी, एमालेले कमला तामाङ र (माओवादी केन्द्र)ले बिमला आचार्यलाई उम्मेदवार बनाएको छ ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीकाअनुसार जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भइरहेको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












