‘स्थानीय आवश्यकताअनुसार तालमेल हुन्छ’
काठमाडौँ, २० वैशाख । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदावार मनोनयन कार्य सम्पन्न भइसकेको अवस्थामा पनि स्थानीय तहका पार्टी समिति र संयन्त्रले आवश्यकता अनुसार अन्य पार्टीसित सहकार्य र तालमेल गर्न सकिने जनाएको छ ।
उम्मेदवार मनोनयन सम्पन्न भइसकेको अवस्थामा पनि स्थानीय तहका पार्टी समिति र संयन्त्रले अन्य पार्टीसित निर्वाचनमा तालमेल गर्न सक्दछन् काँग्रेसले भनिएको छ ।
निर्वाचनका बारेमा काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा आज पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले अगामी वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका सबै पदमा पार्टीले उम्मेदवारी दिएको जानकारी दिएको छ ।
उपसमितिका संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आफूले रोजेको र आफूले खोेजेको उम्मेदवारलाई मतदान गर्न आम मतदाता उत्सुकतापूर्वक ३१ गतेको प्रतिक्षामा रहेको बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनसक्ने र अटाउनसक्ने गरी सरकारले व्यवस्थापिका संसद्मा संविधानको दोस्रो संशोधन प्रस्ताव पेस गरेको र संशोधन पारितसमेत हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
संयोजक लेखकले आफ्नो पार्टीकातर्फबाट छिट्टै गृहमन्त्री मनोनयन हुने जानकारी समेत दिनुभयो । रासस
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












