मत माग्दै घरघरमा पुगे उम्मेदवार
भक्तपुर, २२ वैशाख । ‘आमा, बुबा हाम्रो नगरको विकास गर्न तपाईं कै गाउँको केटो म आएको छु, मलाई भोट दिनुस है ।’
बिहान ७ बजे नै नेपाली काँग्रेसबाट भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखका उम्मेदवार विष्णुराज कार्कीले हात जोडेर सिरुटारको उपयोगी चोकमा ज्येष्ठ नागरिकसँग भोट माग्नुभयो ।
झन्डा र प्रचार सामग्री बोकेर टोलीसहित भोट माग्न आएका नेतालाई देखेर उत्साहित भएका मतदाताले भने —“हामी भोट दिन्छौ तपाईंहरु हामीलाई पानी दिनुस् ।”
उम्मेदवार कार्कीले गाउँमा पानी ल्याइदिने बचन दिनुभयो । टोलीमै उपप्रमुखकी उम्मेदवार कल्पना राजथलासहितको काँग्रेसको टोलीले भोट माग्दै सूर्यविनायक नगरपालिका १ सिरुटारको टोल/टोल र घर/घरमा पुग्दा मतदाता निकै उत्साहित भएका थिए ।
यता नेपाली काँग्रेस मध्यपुर थिमिका प्रमुखका उम्मेदवार अष्टकुमार कवेँले पनि घरदैलो अभियान सुरु गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीबाट उहाँले घरदैलो अभियान सुरु गर्नुभएको हो ।
लोकन्थलीको द्वारेटोल, सरस्वतीनगर, सङ्गमनगर लगायतको क्षेत्रमा घर÷घरमा पुगेर प्रमुखका उम्मेदवार कवेँले भोट माग्नुभएको थियो । उहाँले मध्यपुर थिमिको मुहार फेर्ने र विकास ल्याउने बाचा गर्दै भोट दिन आग्रह गर्नुभएको थियो ।
यता चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले पनि आजदेखि घरदैलो अभियान सुरु गरेको छ । सो दलका प्रमुखको उम्मेदवार रहनुभएका एमाले केन्द्रीय सदस्य सोम मिश्र र उपप्रमुख उम्मेदवार बिना बास्तोलाले घर÷घरमा पुगेर भोट माग्नुभएको छ ।
मतदातासँग उम्मेदवार मिश्रले जिल्लामै पछाडि परेको चाँगुनारायण नगरपालिकामा विकासको लहर ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले चाँगुनारायणका गाउँगाउँलाई सडक सञ्जालसँग जोड्ने, यस नगरक्षेत्रमा अझै पनि सडक पक्की हुन नसकेकाले निर्माण भएका सडकलाई पक्की बनाउने, खानेपानी र सिँचाइको व्यवस्था गर्ने, यातायातको पहुँच गाउँगाउँमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
गाउँगाउँमा बाजागाजासहित झन्डा र प्रचार सामग्री बोकेर समर्थकको लहरमा नाचगान गर्दै घर÷घरमा पुगेर उहाँले भोट माग्नुभयो ।
भक्तपुरमा आजदेखि काँग्रेस र एमालेले घरदैलो अभिायन सुरु गरेका हुन् ।
चार प्रमुखसहित तीस जनाद्वारा उम्मेदवारी फिर्ता
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये प्रमुख, वडा अध्यक्ष र सदस्य गरी तीस जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् ।
आज उम्मेदवारी फिर्ता लिने दिन केही दलका र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












