ट्रम्पले दिए कोलम्बियाका राष्ट्रपति सान्तोषलाई अमेरिका भ्रमणको निम्तो
वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोषलाई अमेरिका भ्रमणको लागि निमन्त्रणा गर्नुभएको छ ।
उहाँहरुकाबीचमा आगामी मे १८ तारिखका दिन भेटवार्ता गर्ने कार्यतालिका रहेको राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ ।
सरकारी अधिकारीले अमेरिका र कोलम्बियाको दुई पक्षीय सम्वन्ध, कोलम्बियाको ‘फार्क’ विद्रोहीसँग भएको शान्ति सम्झौतापछिको शान्ति प्रक्रिया, त्यसमा अमेरिकाको सहयोगलगायतका विषयमा पनि छलफल हुने तय भएको जनाएका छन् ।
दुवै राष्ट्रपतिले भेटवार्ताका क्रममा सुरक्षा चुनौतीका बारेमा पनि कुराकानी गर्नुहुने वक्तव्यमा जनाइएको छ ।
वासिङटनमा रहेको कोलम्बियाको दुतावासका अनुसार अमेरिकाका उपराष्ट्रपति माइक पेन्स, सभामुख पाउल यानलगायतलाई राष्ट्रपति सान्तोषले भेट्नुहुने भएको छ । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











