संविधानसभा चुनाव बहिस्कार गर्ने पनि निर्वाचनमा सहभागि
काठमाडौँ, २३ वैशाख । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी )ले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ ।
सो पार्टीले आफ्नै नाममा निर्वाचनमा भाग नलिए पनि नेता सिपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेर त्यसैको नाममा चुनावमा भाग लिइरहेको छ ।
संसद्मा प्रतिनिधित्व नगरेकै कारण सो दलले चुनाव चिन्हसमेत पाएका छैनन् । पार्टीको चुनाव चिन्ह नपाएपछि सो दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा फरक÷फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
सो पार्टीका अध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिएता पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललाई समर्थन गर्ने नीति लिएको जानकारी दिनुभएको छ ।
मोर्चाका उम्मेदवारको पक्षमा मतदान गर्नका लागि मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्र तथा बुद्धिजीवीसहित सम्पूर्ण उत्पीडित वर्ग र जनसमुदायसित अध्यक्ष वैद्यले अनुरोध गर्नुभएको छ ।
नयाँ जनवादी क्रान्तिको तयारी गर्न, गलत राजनीतिको विरोध गर्न, भ्रष्टाचारीलाई दण्डसजाय दिन र जनताको सेवा गर्नका लागि स्थानीय निर्वाचन पनि एउटा उपयुक्त माध्यम हुनसक्ने आफूहरुले देखेको विज्ञप्तिमा उल्लेख छ । सो उद्देश्यमा सहयोग पु¥याउनका लागि मोर्चाका उमेदवारलाई मत दिई विजयी बनाउन सबैसँग वैद्यले आग्रह गर्नृभएको छ ।
माओवादी केन्द्रबाट छुट्टिएर गएको क्रान्तिकारी माओवादीले सो पार्टीसँग स्थानीय तहको निर्वाचनमा तालमेल गर्न भने अस्वीकार गरेकोे छ । ९माओवादी केन्द्र०का नेता मणि थापाले तालमेलका लागि क्रान्तिकारी माओवादी इच्छा नदेखाएकाले सो विषयमा छलफल हुन नसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– “हामी तामलेलका लागि तयार छौंँ, तर उहाँहरु चुनाव जित्ने भन्दा पनि विचारको रक्षा गर्छौ भन्दै हुनुहन्छ । क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले नेपाली काँग्रेस, नेकपा९एमाले०, माओवादी केन्द्र र राप्रपासँग चुनावी तालमेल नगर्ने पार्टी नीति रहेको स्पष्ट पार्नुभयो ।
उहाँले आफूहरु तीन कुरालाई मध्यनजरगरी निर्वाचनमा गएको जानकारी दिँदै भन्नुभयो– “पहिलो निर्वाचनमार्फत आफ्नो विचार जनतासमक्ष पु¥याउने, दोस्रो सङ्गठन विस्तार गर्ने र तेस्रो जित्ने ठाउँमा नेतृत्व लिने लक्ष्य हो ”।
अहिले नीति र सिद्दान्तलाई बिर्सिएर दलहरुबीच भइरहेको चुनावी तालमेललाई आफ्नो पार्टीले राजनीतिक व्यापारका रुपमा लिएको उहाँको टिप्पणी छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












