अत्यधिक स्थानमा आफ्नो पार्टीले जित्ने गौतमको दाबी
काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष वामेदव गौतमले आसन्न स्थानीय तहको निर्वाचनमा अत्यधिक स्थानमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।
एमालेको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको सञ्चार अन्तरक्र्रियामा उपाध्यक्ष गौतमले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्विरोध निर्वाचितको सूचीबाटै आफूहरुको अग्रता सुरु भएकाले एमालेलाई पराजित गर्ने अर्काे शक्ति नभएको दाबी गर्नुभयो ।
उहाँले संविधान संशोधन, महाभियोग, अर्काे चरणको निर्वाचनजस्ता समग्र विषय र तिनमा परेका गाँठो फुकाउन एमाले शक्ति निर्णायक भूमिकामा आवश्यक रहेको भन्दै निर्वाचनपछि आवश्यकता परेमा आफ्नो पार्टी सरकारमा जान सक्ने तर तत्काल त्यस्तो सम्भावना नरहेको जनाउनुभयो ।
दोस्रो चरणका लागि तोकिएको जेठ ३१ को निर्वाचनलाई बजेट आउने दिन (१५ जेठ) अगावै गर्नुपर्ने एमालेको अडान सरकारले सुन्नुपर्ने आग्रह नेता गौतमले गर्नुभयो । निर्वाचनमा सुरक्षा निकायको भूमिकाबारे सोधिएको प्रश्नमा उहाँले नेपालको सुरक्षा निकाय देशभर एकैपटक निर्वाचन गर्दा पनि व्यवस्थापन गर्न सक्ने र प्रशंसित कार्य गर्ने खालको भएको बताउनुभयो ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सत्ता गठबन्धनबीच जतिसुकै तालमेल भए पनि आफ्नो पार्टीले ६० प्रतिशत स्थानमा विजय हासिल गर्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












