राप्रपालाई सरकारमा ल्याउन दाहाल र देउवाबीच सहमति भएको थियो
हालै मन्त्रिपरिषद्बाट निस्किएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ। सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले नियमित कार्यभार समालेपछि महाभियोग विवाद सम्बोधन भएको विश्लेषणसहित सरकारमा फेरि सामेल हुन इच्छा व्यक्त गरेको राप्रपालाई अन्तिम समयमा सोमबार दिउँसो सत्ता गठबन्धन नेतृत्वद्वारा नकारात्मक संकेत प्राप्त भएको हो। यो खबर आजको अन्नपूर्णमा लेखिएको छ ।
सोमबार मन्त्रिपरिषद् विस्तारमा राप्रपा अध्यक्ष कमल थापा पक्षले समालेका सबै मन्त्रालय नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेता जितेन्द्रनारायण देव र गोपाल दहितको जिम्मामा दिएपछि राप्रपा फेरि सरकारमा सामेल हुने सम्भावना समाप्त भएको हो । राप्रपाले भने प्रधानमन्त्रीले सरकारमा सामेल हुन आमन्त्रण गरेको तर महाभियोग प्रस्ताव फिर्ता लिन प्रतिबद्धता नजनाएको र आफूले नै मन्त्रिपरिषद् विस्तारमा नजाने निर्णय गरेको दाबी गरेको छ।
स्रोतका अनुसार राप्रपा थापा समूहलाई सरकारमा सहभागी नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएको थियो। गच्छदारसँगको सहकार्य बढी विश्वसनीय हुने निष्कर्षमा प्रधानमन्त्री दाहाल र देउवा पुगेको स्रोतले बतायो ।
प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गर्नु र सरकारमा सहभागी हुनु नाटकीय हुने बुझाइका आधारमा प्रधानमन्त्री दाहाल राप्रपाको सट्टा फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने निष्कर्षमा पुगेका हुन्। तत्कालीन अवस्थामा आएको महाभियोगको प्रस्तावका कारण राप्रपाको पशुपतिशमशेर राणा समूह सरकार छाड्ने पक्षमा थिएन। तर अध्यक्ष थापा समूहभित्रकै आन्तरिक द्वन्द्वका कारण राप्रपा सरकार छाड्ने स्थितिमा पुगेको हो । फोरम लोकतान्त्रिकले दाहाल सरकारमा सहभागी भएर निकट भविष्यमा बन्ने देउवा सरकारमा समेत आफ्नो स्थान सुरक्षित गरेको जानकारी स्रोतले दियो ।
प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालका अनुसार वैशाख ३१ को निर्वाचनअघि राप्रपा सरकारमा सहभागी हुनेछैन।त्यसपछि कांग्रेससँग समझदारी भए एक दुईजना मन्त्री बाहिर निकालेर राप्रपालाई सरकारमा सहभागी गराउन गाह्रो हुँदैनु, खनालले भने। प्रधानमन्त्री दाहाल र थापाबीच आइतबार बालुवाटारमा भेटवार्ता नै भएको थियो भने सोमबार टेलिफोन वार्ता भएको थियो । आइतबारजस्तै थापाले सोमबार पनि महाभियोग प्रस्ताव फिर्ता लिने प्रतिबद्धता माग गर्दा प्रधानमन्त्रीले यस विषयमा तपाईँहरू मात्र होइन, मैले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसलगायत दललाई पनि हेर्नुपर्छ भन्ने जबाफ दिएको राप्रपा उच्च स्रोतले बतायो ।
राप्रपाका नेता एवं दाहाल सरकारमा थापा समूहबाट पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका दिलनाथ गिरीले संसद्मा रहेको महाभियोग प्रस्ताव फिर्ता लिने प्रतिबद्धता प्रधानमन्त्रीबाट आए सरकारमा सहभागी हुन सक्ने पार्टी अध्यक्ष थापाले आइतबार भेटमा र सोमबार टेलिफोनमार्फत राखेको जानकारी दिए। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै गिरीले भने, संसद्बाट महाभियोग प्रस्ताव फिर्ता लिनेबारे अहिले केही गर्न सक्दिनँ । कुनै सर्तबिना सरकारमा आउनुपर्यो ।
निवर्तमान भूमिसुधारमन्त्री विक्रम पाण्डेले महाभियोग गलत भन्दै पार्टीको निर्णयअनुसार आफूहरूले राजीनामा दिएको र अदालतले उक्त विषय अघि नबढाउन भन्दै दिएको आदेशका कारण आफ्नो पार्टीले उठाएको मुद्दा जितेको बताए। उनले भने, मन्त्रिपरिषद्मा कसलाई सहभागी गराउनेरनगराउने प्रधानमन्त्रीको नैसर्गिक अधिकार भएकाले कुनै टिप्पणी गर्नु उचित हुँदैन । कांग्रेस(माओवादी केन्द्र भद्र सहमतिअनुसार आगामी जेठ १र२ गते सरकारको नेतृत्व कांग्रेस सभापतिले गर्ने हुँदा एक साताका लागि सरकारमा जानेरनजाने पनि हेर्नैपर्ने उनले बताए।
राप्रपाकै अर्का पूर्वमन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा आफूले महाभियोग प्रस्तावकै कारण सरकार नछाड्न गरेको आग्रह अध्यक्ष थापाले अस्वीकार गर्दा राप्रपा स्पष्ट पहिचान कायम गर्न असफल भएको बताए । सरकार छाड्न नहुने पक्षमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्ष राणालगायत आफूहरू रहेको जानकारी दिँदै उनले भने, सो समयमा राप्रपा थापा पक्षका १० जना सांसद दलको बैठकसमेत बहिष्कार गर्दै एकान्तवासमा गएका थिए।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












