सत्तारुढ दलले नै आचारसंहिता उल्लघंन गरेको डा.भट्टराईको आरोप
गोरखा, २६ बैशाख । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले सरकारमा रहेका शीर्ष दलहरुले नै ब्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लघंन गरेको आरोप लगाएका छन् ।
निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा प्रधानमन्त्रीको आदेशमा सशस्त्र प्रहरी गुल्म गोरखाका डिएसपीको सरुवा गर्नुले चुनावको निस्पक्षतामाथि प्रश्न चिन्ह उठेको उनले बताए ।
चुनावी घरदैलो कार्यक्रममा केही दिनदेखि गृह जिल्ला गोरखा रहेका भट्टराइले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
केही दिन अघि चुनावी कार्यक्रमबाट र्फकदै गरेका आफ्ना कार्यकर्तामाथि माओवादीले गरेको आक्रमणप्रति असन्तुष्टि जनाउँदै भट्टराईले घटनाको भत्र्सना समेत गरे ।
यस्ता घटनाहरु नियोजित र शृङखलाबद्ध भएको भन्दै दोषीलाई कारबाही गर्न नसक्नु सरकारको कमजोरी रहेको भट्टराईको भनाइ छ ।
संगठनात्मक रुपमा आफ्नो पार्टी तयार हुन नपाउँदै निर्वाचन गरेपनि देशव्यापी रुपमा उत्साहका साथ चुनावमा सहभागी भएको भट्टराईले बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले सुनियोजित ढंगबाट सरकारले निर्वाचन चिन्ह प्रदान नगरेपनि आफूहरु बिचलित नभई निर्वाचनमा होमिएको बताए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












