पर्वतमा एमाले कार्यकर्ताद्धारा काँग्रेस कार्यकर्तामाथि धारिलो हतियार प्रहार, ५ जना घाइते
पर्वत, २८ बैशाख । पर्वतमा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । पकुवा भन्ने स्थानमा एमालेका कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरेर आक्रमण गरेका छन् ।
एमालेका समर्थकबाट बुधबार आफ्ना कार्यकर्तामाथि आक्रमण भएको कांग्रेसले आरोप लगाएको छ । कुश्माबाट पुगेका एमालेका हतियारधारी कार्यकर्ताहरूले कांग्रेस उम्मेदवारहरूको प्रचार–प्रसारमा प्रयोग भएको गाडीमाथी आक्रमण गरेका थिए । आक्रमणबाट गाडीको सिसा फुटेका छन् ।
एमालेका कार्यकर्ताले हेल्मट र धारिलो हतियार प्रहारबाट कांग्रेस कार्यकर्ता जनक जैसी, अनुज मल्ल, अजय केसी लगायत ५ जना घाइते भएको कांग्रेस पर्वतले जनाएको छ । कांग्रेसका उम्मेदवारहरूको जित सुनिश्चित देखेपछि आत्तिएका एमालेका कार्यकर्ताहरू सांघातिक आक्रमणमा उत्रिएको कांग्रेसको आरोप छ ।
‘एमालेले ‘गुण्डा’ प्रयोग गरेर कांग्रेसका कार्यकर्तामाथी आक्रमण भएको छ’, नेपाली कांग्रेस पकुवाका वडा अध्यक्षका उम्मेदवार मीनवहादुर वस्यालले आरोप लगाए ।
एमालेका समर्थकद्वारा कांग्रेस कार्यकर्तामाथी आक्रमण भएको बारेमा उजुरी आएपछि पर्वतका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकसहितको सुरक्षा टोली घटनास्थलमा पुगेको थियो ।
उता, एमालेको पर्वत जिल्ला कमिटीले कांग्रेसले लगाएको आरोपको खण्डन गरेको छ । एमालेका स्थानीय नेताहरूका कारण पहिला कांग्रेसका उम्मेदवारसहितका कार्यकर्ताले आक्रमण गरेपछि आफूहरूले त्यसको बचाउ गरेको दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












