ओलीले भने, ‘२/४ वर्ष बाच्न पाए त प्रचण्ड र देउवालाई रेल चढाएर पोखरा घुमाउँथे’

काठमाडौं, २८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अरु पार्टीका नेताहरुलाई रेल चढाएर पोखरा घुमाउने बताएका छन् । स्थानीय तह निर्वाचन जिते समृद्ध नेपाल निर्माण गर्दै काँग्रेस, माओवादी लगायत पार्टीका नेताहरुलाई रेल चढाएर पोखरा घुमाउने दाबी गरेका हुन् ।
राजधानीमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सूर्यध्वजावाहक उम्मेदवारहरुले जित्नेमा कुनै शंका नरहेको बताएका छन् । एमालेकै नेतृत्वमा नगरलाई सुमन्नत र जनतालाई सम्बृद्ध बनाइने घोषणा गरेका छन् । स्थानीय तहमा जितेपछि पार्टीको प्रतिबद्धता अनुसार काठमाडौंमा रेल कुदाइने ओलीले दाबी छ । ‘हामीले चुनाव जितेपछि अरु पार्टीका नेताहरुलाई रेल चढाएर एक फन्को पोखरा घुमाएर काठमाडौं ल्याउँछौं’, ओलीले भने ।
‘एमाले विकास र समृद्धिको मार्गमा देशलाई अघि बढाउन चाहन्छ । विकासका योजना हामीले अघि सारेका हौं । अरुले त्यसलाई पहिला उडाएर पछि त्यसैको नक्कल गरेका हुन् । के के कुरा गर्छ एमालेले भनेर उडाउँछन् । दुई चार वर्ष बाँचे हामी तिनीहरुलाई रेल चढाएर काठमाडौंबाट पोखरा पठाउँछौं । त्यसबेला भन्नुहुन्छ बेकारमा एमालेको विरोध गरिएछ ।’
‘शहरको विकास गर्न अहिले हामीले हरेक सहरलाई ५० करोड छुट्यायौं । प्रचण्डजीले प्रधानमन्त्री भएपछि संसदमा मतिर हेरेर सोध्नु भो, रेल त ल्याउने पैसा कहाँबाट ल्याउने ? मैले त्यहाँ त उठेर जवाफ दिन मिल्दैनथ्यो । केही दिनपछि मैले भेटमा भनेँ, विकासका लागि बजेट कति चाहिन्छ मलाई भन्नुस् म ल्याइदिन्छु । दुनियाँमा पैसा छ, लगानी गर्न चाहन्छन्, हामीले वातावरण बनाइदिनुपर्छ । राजमार्गलाई फराकिलो पार्ने काम हामीले सुरु गर्यौं ।’ ओलीले भने ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












