काश्मिरमा सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध फुकुवा गर्न राष्ट्रसंघको अपिल
काठमाडौं, २९ बैशाख । भारत प्रशासित काश्मिरमा सामाजिक सञ्जाल तथा मोबाइल इन्टरनेटमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न संयुक्त राष्ट्रसंघका अधिकारीले अपिल गरेका छन् ।
वाक स्वतन्त्रता तथा मानवअधिकारको क्षेत्रमा कार्यरत राष्ट्रसंघका ती अधिकारीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गरेका हुन् । ती अधिकारीले सामाजिक सञ्जाल तथा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्ध सामूहिक सजाय जस्तै भएको बताएका छन् ।
त्यस्तै प्रतिबन्धले नागरिकको सूचनाको हक तथा वाक स्वतन्त्रता हनन गरेको आरोप लगाएका छन् । भारत प्रशासित काश्मिरमा गएको अप्रिल २६ देखि फेसबुक, ट्वीटर, ह्वाट्सएप लगायत १६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । यी वेबसाइटबाट सरकार विरोधी गतिविधि सञ्चालन गरिएको आरोप लागेको थियो । एजेन्सी
Comments
अरु समाचार
-
अमेरिकाको पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा...
-
तिब्बतका भूकम्पपीडितलाई नेपालीको सहयोग
काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख...
-
लस एन्जलस डढेलोः कम्तीमा १० जनाको मृत्य
काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस...
-
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता गर्न चाहेको बताएका छन् । सन् २०२२ को...
-
आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु
काठमाडौं । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते...
-
लस एन्जलसमा लागेको आगो अझै आएन नियन्त्रणमा,बिहीबारसम्म पाँच जनाको मृत्यु
काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको...
-
कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ...
-
चीनमा फेरि ठूलो भूकम्प गयो
काठमाडौं । चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ...
-
अमेरिकाको लस एन्जलसको जंगलमा भिषण डढेलो
अमेरिकाको लस एन्जलसको जंगलमा भिषण डढेलो लागेको छ । २० एकड क्षेत्रफलमा शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा...