निर्वाचनले कारोबार बढ्यो, छापाखानामा मात्रै १५ देखि २० करोडको कारोबार

काठमाडौं, ३० बैशाख । राजधानी काठमाडौंसहित तीन प्रदेशमा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनले अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । निर्वाचनमा करिब ५० हजार उम्मेदवार छन् । निर्वाचन आयोगले उनीहरूले पद र तहअनुसार गर्न सक्ने खर्चको सीमा तोकिदिएको छ । तर, निर्वाचन प्रचार–प्रसार हेर्दा अधिकांश उम्मेदवारको खर्च आयोगले तोकिदिएको सीमाभन्दा बढी हुने देखिएको छ ।
यतिवेला जताततै पार्टी र चुनाव चिह्न अंकित झन्डा टाँगेको देखिन्छ । एउटै तहमा चुनाव चिह्न अंकित हजारौँ टोपी र टि–सर्ट छापेको अनुमान गर्न सकिन्छ । त्यस्तै पर्चा पम्प्लेटलगायतका प्रचार सामग्री पनि हजारौँको संख्यामा छापेर वितरण गरिएका छन् । बाजागाजासहितको र्याली ठाउँ–ठाउँमा देख्न सकिन्छ ।
यी सबैको खर्च जोड्दा तोकिएको सीमाले नभ्याउने स्पष्ट हुन्छ । संसारभर नै निर्वाचनको समयमा आर्थिक गतिविधि बढी हुन्छ । नेपालजस्तो अल्पविकसित देशमा त झन् निर्वाचनमा आर्थिक चलखेलसमेत हुने गरेकाले अर्थतन्त्र बढी नै चलायमान हुन्छ । निर्वाचनले बैंक तथा वित्तीय संस्थाको तरलता व्यवस्थापनमा पनि सहयोग पुग्ने केही अर्थशास्त्रीको भनाइ छ ।
चौपाया खरिद–बिक्री संघका संरक्षक दीपक थापाका अनुसार अहिले राजधानीमा खसीको मूल्य दसैँको हाराहारीमा छ । उनले भने, ‘मूल्य दसैँको हाराहारीमा पुगेको छ, तर माग पनि बढेको छ ।’ थापाका अनुसार दसैँमा जिउँदो खसीको मूल्य प्रतिकिलो पाँच सय रुपैयाँ पुगेको थियो । पछि त्यो चार सय ३० रुपैयाँसम्म झरेको थियो ।
निर्वाचन आयोगको सूचना सामग्री मात्र होइन पार्टीहरूको पर्चा, पम्प्लेट, घोषणापत्र, टिसर्ट र टोपीमा चुनाव चिह्न तथा झन्डा छाप्ने उद्यम पछिल्ला दिनमा बढेको छ । नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष माधव केसीका अनुसार निर्वाचनका कारण १५ देखि २० करोड रुपैयाँसम्मको कारोबार भएको अनुमान छ । ‘त्यसमध्ये निर्वाचन आयोगले १० करोडजतिको छपाइ गरेको छ,’ उनले भने । सोसल मिडियाको प्रयोग, रेडियो र टेलिभिजनमा दिइने विज्ञापन र दूरसञ्चारको प्रयोगले तुलनात्मक रूपमा अघिल्ला चुनावको भन्दा छपाइको कारोबार घटाएको उनले बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












