हिमालपारिको जिल्ला मनाङमा ३३ केभी विद्युत लाइन बन्दै
लमजुङ (बेसीसहर), ३० वैशाख । लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो ।
दुई वर्षभित्र मनाङका सबै क्षेत्रमा राष्ट्रिय विद्युत् प्रसारणबाट सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अहिले ३३ केभी लाइन विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ ।
विद्युतीकरणका लागि लमजुङको उदिपुर–मनाङ ३३ केभी विद्युतीकरण निर्माण आयोजनाले काम गरिरहेको छ । प्राधिकरणका अनुसार मनाङको थानचोकमा ३३÷११ केभी को शवस्टेसनको निर्माण गरी मनाङलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।
३३ केभी लाइनको निर्माण एक वर्षमा सकेर आगामी वर्ष शवस्टेसनका निर्माण कार्य गरिने न्यौपानेले बताउनुभयो ।
मनाङमा ८० किलोवाटको सब्जे खोला र ६० किलोवाटको चामे लघुजलविद्युत् आयोजना साथै जिल्लाको मनाङ, पिसाङ, धारापानी, ताललगायतका क्षेत्रका स्थानीयले समुदायमा आधारित लघुजलविद्युत् आयोजनाको निर्माण गरी विद्युतीय सेवा उपभोग गर्दै आइरहेका छन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












