ट्रम्पमाथि गोप्य जानकारी सार्वजनिक गरेको आरोप
काठमाडौं, २ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोप्य जानकारी सार्वजनिक गरेको आरोप लागेको छ । ट्रम्पले इस्लामिक स्टेट ग्रुपबारे रुससँग गोप्य जानकारी सार्वजनिक गरेको आरोप लागेको हो । अमेरिकी अखबार ‘द वासिङ्टन पोष्ट’ ले राष्ट्रपति ट्रम्पले पछिल्लो हप्ता ह्वाइट हाउसमा एक छलफलको क्रममा रुसका विदेश मन्त्री सर्गेई लावरोव र रुसी राजदूतसँग उक्त जानकारी सार्वजनिक गरेको दाबी गरेको छ ।
तत्कालीन र पूर्व अधिकारीको हवाला दिँदै पत्रिकाले अमेरिकालाई निकै गोप्य तरिकाले एक सहयोगीले दिएको जानकारी राष्ट्रपति ट्रम्पले कथित इस्लामिक स्टेट ग्रुपबारे जानकारी दिएको दाबी गरेको छ । यद्यपी, अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले एक बयान जारी गर्दै राष्ट्रपतिको कुराकानीमा विशेष प्रकारको खतराबारे चर्चा भएको बताएका छन् । यद्यपी, यो बैठकमा सूत्र वा सैनिक कारवाहीका बारे कुनै चर्चा नभएको पनि उनले बताएका छन् ।
पत्रकारसँगको कुराकानीमा ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल एचआर म्याकमास्टरले उक्त रिपोर्टलाई गलत बताएका छन् । उनले भने, ‘अमेरिकाका राष्ट्रपति अमेरिकी जनताको सुरक्षालाई अत्यधिक गम्भीरतापूर्वक लिन्छन् । जुन रिपोर्ट आज राती सार्वजनिक भएको छ, त्यो पूर्ण रुपमा गलत हो । राष्ट्रपति ट्रम्प र रुसी विदेशमन्त्रीले दुबै देशका लागि जे खतरा छन्, त्यसबारे चर्चा गरे । कतै पनि गोप्य स्रोत र काम गर्ने तरिकाबारे कुनै चर्चा भएको छैन । राष्ट्रपतिले ती सैनिक अभियानबारे पनि कुनै जानकारी दिएका छैनन् जो गोप्य छन् ।’
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












