ट्रम्पमाथि गोप्य जानकारी सार्वजनिक गरेको आरोप
काठमाडौं, २ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोप्य जानकारी सार्वजनिक गरेको आरोप लागेको छ । ट्रम्पले इस्लामिक स्टेट ग्रुपबारे रुससँग गोप्य जानकारी सार्वजनिक गरेको आरोप लागेको हो । अमेरिकी अखबार ‘द वासिङ्टन पोष्ट’ ले राष्ट्रपति ट्रम्पले पछिल्लो हप्ता ह्वाइट हाउसमा एक छलफलको क्रममा रुसका विदेश मन्त्री सर्गेई लावरोव र रुसी राजदूतसँग उक्त जानकारी सार्वजनिक गरेको दाबी गरेको छ ।
तत्कालीन र पूर्व अधिकारीको हवाला दिँदै पत्रिकाले अमेरिकालाई निकै गोप्य तरिकाले एक सहयोगीले दिएको जानकारी राष्ट्रपति ट्रम्पले कथित इस्लामिक स्टेट ग्रुपबारे जानकारी दिएको दाबी गरेको छ । यद्यपी, अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले एक बयान जारी गर्दै राष्ट्रपतिको कुराकानीमा विशेष प्रकारको खतराबारे चर्चा भएको बताएका छन् । यद्यपी, यो बैठकमा सूत्र वा सैनिक कारवाहीका बारे कुनै चर्चा नभएको पनि उनले बताएका छन् ।
पत्रकारसँगको कुराकानीमा ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल एचआर म्याकमास्टरले उक्त रिपोर्टलाई गलत बताएका छन् । उनले भने, ‘अमेरिकाका राष्ट्रपति अमेरिकी जनताको सुरक्षालाई अत्यधिक गम्भीरतापूर्वक लिन्छन् । जुन रिपोर्ट आज राती सार्वजनिक भएको छ, त्यो पूर्ण रुपमा गलत हो । राष्ट्रपति ट्रम्प र रुसी विदेशमन्त्रीले दुबै देशका लागि जे खतरा छन्, त्यसबारे चर्चा गरे । कतै पनि गोप्य स्रोत र काम गर्ने तरिकाबारे कुनै चर्चा भएको छैन । राष्ट्रपतिले ती सैनिक अभियानबारे पनि कुनै जानकारी दिएका छैनन् जो गोप्य छन् ।’
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











