UPDATE भरतपुरमा महानगरः एमालेका देवी ज्ञवालीको अग्रता कायमै, रेणु दाहाल पछ्याउँदै
चितवन, २ जेठ । चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बनेकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका हुन् ।
=======================================
भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । अहिलेसम्म मेयरमा एमालेका देवी ज्ञवाली ९८० मतका साथ अगाडि रहेका छन् । उहाँले दाहाललाई २०७ मतले पछि पार्नुभएको छ ।
मेयर
- (एमाले) देवी ज्ञवालीः ९८०
- (माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ७७३
उपमेयर
- (माओवादी–कांग्रेस गठबन्धन) पार्वती शाह ठकुरीः ८३४
- (एमाले) दिव्या शर्मा आचार्यः ८३७
=========================================
भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । अहिलेसम्म १ हजार ५ सय ७५ मत गणना गर्दा मेयरमा एमालेका देवी ज्ञवालीले ७ सय ६१ मत ल्याएका छन् । १ सय ५६ मतले पछि पर्दै रेणु दाहाल देवीलाई पछ्याईरहेकी छन् ।
माओवादी–कांग्रेस गठबन्धनकी दाहालले ६०५ मत पाएकी छन् । त्यस्तै उपमेयरमा माओवादी–कांग्रेस गठबन्धनका पार्वती शाह ठकुरीले ७४० र एमाले दिव्या शर्मा आचार्यले ६२३ मत पाएकी छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












