प्रचण्डले जनयुद्धका बेला भारतीय जंगलमा तालिम दिएका थिए

काठमाडौं, २ जेठ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय मिडियामा चर्चामा आएका छन् । नेपालमा दुई दशकदेखि हुन नसकेको स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न गराएका प्रचण्ड यतिवेला भारतीय मिडियामा निकै चर्चामा आएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराएको वा संविधान कार्यान्वयनसम्बन्धी एजेण्डा लगायतका विषयमा नभई एउटा फरक विषयमा उनी भारतीय संचारमाध्यममा छाएका हुन् ।

सशस्त्र जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादी अध्यक्ष रहेका ‘प्रचण्ड’ले भारतको झारखण्डमा भारतीय नक्सलवादीलाई हतियार चलाउन सिकाएको एक भारतीय नक्सलवादी नेताले दाबी गरेका छन् । सोही विषयका बारेमा भारतीय संचारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।
राँचीमा नक्सलवादीका कमाण्डर कुन्दन पाहनले ‘प्रचण्ड’सँग आफूले तालिम लिएको दाबी गरेका हुन् । भारतीय संचारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार कुन्दन पाहनले सन् २००० मा आफूले नेपालका माओवादी नेता ‘प्रचण्ड’सँग तालिम लिएको प्रहरीसमक्ष जनाएका छन् । पाहनले हालै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।
झारखण्डको बोकारोसँगै जोडिएको जंगलमा प्रचण्डसँगै पश्चिम बंगालका केही नेताको टिमले आफूसहितका कयौंलाई तालिम लिएको उनले खुलासा गरेका हुन् । आफूहरुले उक्त समयमा गुरिल्ला युद्धसम्बन्धी कला र रणनीति सिकेको पनि उनले बताए । केही संचारमाध्यमले भने प्रचण्डले पनि त्यतिबेला भारतीय नक्सलवादी नेताहरुसँग महत्वपूर्ण कला सिकेको जनाएका छन् ।
पाहनले आफू पनि प्रचण्डजस्तै मूल धारको राजनीतिमा आउन चाहेको बताएका छन् । प्रचण्ड नेपालको प्रधानमन्त्री बनिसकेको जिकिर गर्दै उनले आफू पनि मुल धारको राजनीतिमा आउन चाहेको बताएका हुन् । उनीमाथि हाल झारखण्डको विभिन्न जिल्लामा १ सय २८ वटा मुद्दा विचाराधिन छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











