अहिलेसम्म ६ नगरपालिकामा मत परिणाम सार्वजनिक, को कहाँ विजयी (सूचीसहित)
काठमाडौं, ३ जेठ । पहिलो चरण अन्तर्गतको मतपरिणामहरु आउने क्रम जारी रहेको छ । देशभरका २८३ स्थानीय तह अन्तर्गत सम्पन्न निर्वाचनको मत परिणाम सुस्तगतिमा आईरहेको छ । अहिलेसम्म ६ नगरपालिकाको मतपरिणाम आईसकेको छ । नगरपालिकाहरुको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेले नगरपालिकाहरुमा अग्रता हासिल गरेको छ ।
हालसम्म ६ नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ४ मा एमाले विजयी भएको छ भने १ मा कांग्रेस र १ मा नेकपा माओवादी केन्द्रले जीत हात पारेको छ।
एमालेले जीतेका नगरपालिकाः
दोलखाको जिरी नगरपालिकामा एमालेका टंक जिरेल विजयी भएका छन्। उपमेयरमा पनि जिरीमा एमाले नै विजयी भएको छ। जिरेल स्थानीय तहको निर्वाचन अघि कांग्रेसबाट एमाले प्रवेश गरेका थिए। जिरेलले ३ हजान २ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका गेल्बु शेर्पाले २ हजार १ सय ०६ मत ल्याए।
उपमेयरमा एमालेकी कृष्णमाया बुढाथोकी विजयी भएकी छिन्। उनले ३ हजार ३ सय ६८ मत प्राप्त गरिन्। उनकी प्रतिष्पर्धी माओवादी केन्द्रकी चित्रमाया शर्माले १ हजार ९ सय ४१ मत मात्र प्राप्त गरिन्। त्यस्तै एमालेको तर्फबाट डोल्पाको ठूलीभेरी नगरपालिकामा गणेशबहादुर शाही विजयी भएका छन् । उनले १ हजार ४ सय ८३ मत प्राप्त गर्दै मेयर पदमा जीत हासिल गरेका हुन्।
पराजित उम्मेद्वार कांग्रेसका सुवर्ण बुढाले भने १ हजार ३ सय ६२ मत मात्र ल्याए। उपमेयरमा भने राप्रपाका योगेन्द्रबहादुर शाहीले जीत हात पारेका छन्। दैलेखको नारायण नगरपालिकामा पनि एमाले विजयी भएको छ। एमाले उम्मेद्वार रत्नबहादुर खड्का ४ हजार ७ सय २५ मत ल्याएर विजयी भएका हुन्। खड्काले कांग्रेसका मणिराम रेग्मीलाई हराएका हुन्। उनले ४ हजार ४ सय ४७ मत मात्र ल्याए।
उपमेयरमा पनि एमालेले जीत हात पारेको छ। एमालेकी सावित्री मल्लले ४ हजार ८ सय ६६ मत प्राप्त गर्दै जितेकी हुन्। उनले कांग्रेसकी बासना थापालाई पराजित गरेकी हुन्। थापाले ४ हजार २ सय ५८ मत ल्याइन्।
भेरी नगरपालिका जाजरकोटमा पनि एमाले विजयी भएको छ। एमालेका सिपी घर्तीमगर मेयरमा निर्वाचित भएका हुन्। उनले २ हजार ९ सय ५९ मत प्राप्त गरे। भेरीमा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा भएको थियो। कांग्रेस उम्मेद्वार सनतकुमार कार्कीले २ हजार ९ सय २९ मत ल्याए।
भेरी नगरपालिकामा उपमेयरमा पनि एमालेले जीत हात पारेको छ। एमालेकी भावना भण्डारीले २ हजार ९ सय ८९ मत ल्याएर जीत हात पारिन्। उनकी निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रकी कृष्णा शर्माले २ हजार ८ सय १४ मत ल्याइन्।
कांग्रेसले जीतको नगरपालिकाः
लमजुङको मध्य नेपाल नगरपालिकामा कांग्रेसका रमेशराज पाण्डे विजयी भएका छन् । उनले ५ हजार ९ सय ६८ मत प्राप्त गरेका छन्। पाण्डेले माओवादी केन्द्रका मेयर उम्मेद्वार मोहनहरी पौडेललाई पराजित गरेका हुन्। पराजित पौडेलले ४ हजार ५ सय ४७ मत ल्याए।
उपमेयरमा भने एमाले उम्मेद्वार विजयी भएका छन्। एमालेका राजकुमार श्रेष्ठले ५ हजार ५ सय ५६ मत ल्याएर जीत हात पारेका हुन्। उनले कांग्रेसकी सीता शाहीलाई पराजित गरिन्। शाहीले ५ हजार ३ सय ३२ मत ल्याइन्।
माओवादीले जीतेका नगरपालिकाः
रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका देवीलाल गौतम विजयी भएका छन्। गौतमले ४ हजार ३ सय ५० मत प्राप्त गरेका हुन्। उनका निकटमत प्रतिद्वन्द्वि कांग्रेसका महेन्द्र केसीले ४ हजार १ सय ७४ मत प्राप्त गरे।
उपमेयरमा पनि माओवादी केन्द्रकी प्रेमकुमारी सुनार केसी विजयी भएकी छिन्। उनले ४ हजार ४ सय ७९ मत प्राप्त गरिन्। निकटम प्रतिद्वन्द्वि कांग्रेसकी बालकुमारी गिरीले ४ हजार १ सय ५८ मत ल्याइन्।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












