अहिलेसम्म ६ नगरपालिकामा मत परिणाम सार्वजनिक, को कहाँ विजयी (सूचीसहित)
काठमाडौं, ३ जेठ । पहिलो चरण अन्तर्गतको मतपरिणामहरु आउने क्रम जारी रहेको छ । देशभरका २८३ स्थानीय तह अन्तर्गत सम्पन्न निर्वाचनको मत परिणाम सुस्तगतिमा आईरहेको छ । अहिलेसम्म ६ नगरपालिकाको मतपरिणाम आईसकेको छ । नगरपालिकाहरुको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेले नगरपालिकाहरुमा अग्रता हासिल गरेको छ ।
हालसम्म ६ नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ४ मा एमाले विजयी भएको छ भने १ मा कांग्रेस र १ मा नेकपा माओवादी केन्द्रले जीत हात पारेको छ।
एमालेले जीतेका नगरपालिकाः
दोलखाको जिरी नगरपालिकामा एमालेका टंक जिरेल विजयी भएका छन्। उपमेयरमा पनि जिरीमा एमाले नै विजयी भएको छ। जिरेल स्थानीय तहको निर्वाचन अघि कांग्रेसबाट एमाले प्रवेश गरेका थिए। जिरेलले ३ हजान २ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका गेल्बु शेर्पाले २ हजार १ सय ०६ मत ल्याए।
उपमेयरमा एमालेकी कृष्णमाया बुढाथोकी विजयी भएकी छिन्। उनले ३ हजार ३ सय ६८ मत प्राप्त गरिन्। उनकी प्रतिष्पर्धी माओवादी केन्द्रकी चित्रमाया शर्माले १ हजार ९ सय ४१ मत मात्र प्राप्त गरिन्। त्यस्तै एमालेको तर्फबाट डोल्पाको ठूलीभेरी नगरपालिकामा गणेशबहादुर शाही विजयी भएका छन् । उनले १ हजार ४ सय ८३ मत प्राप्त गर्दै मेयर पदमा जीत हासिल गरेका हुन्।
पराजित उम्मेद्वार कांग्रेसका सुवर्ण बुढाले भने १ हजार ३ सय ६२ मत मात्र ल्याए। उपमेयरमा भने राप्रपाका योगेन्द्रबहादुर शाहीले जीत हात पारेका छन्। दैलेखको नारायण नगरपालिकामा पनि एमाले विजयी भएको छ। एमाले उम्मेद्वार रत्नबहादुर खड्का ४ हजार ७ सय २५ मत ल्याएर विजयी भएका हुन्। खड्काले कांग्रेसका मणिराम रेग्मीलाई हराएका हुन्। उनले ४ हजार ४ सय ४७ मत मात्र ल्याए।
उपमेयरमा पनि एमालेले जीत हात पारेको छ। एमालेकी सावित्री मल्लले ४ हजार ८ सय ६६ मत प्राप्त गर्दै जितेकी हुन्। उनले कांग्रेसकी बासना थापालाई पराजित गरेकी हुन्। थापाले ४ हजार २ सय ५८ मत ल्याइन्।
भेरी नगरपालिका जाजरकोटमा पनि एमाले विजयी भएको छ। एमालेका सिपी घर्तीमगर मेयरमा निर्वाचित भएका हुन्। उनले २ हजार ९ सय ५९ मत प्राप्त गरे। भेरीमा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा भएको थियो। कांग्रेस उम्मेद्वार सनतकुमार कार्कीले २ हजार ९ सय २९ मत ल्याए।
भेरी नगरपालिकामा उपमेयरमा पनि एमालेले जीत हात पारेको छ। एमालेकी भावना भण्डारीले २ हजार ९ सय ८९ मत ल्याएर जीत हात पारिन्। उनकी निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रकी कृष्णा शर्माले २ हजार ८ सय १४ मत ल्याइन्।
कांग्रेसले जीतको नगरपालिकाः
लमजुङको मध्य नेपाल नगरपालिकामा कांग्रेसका रमेशराज पाण्डे विजयी भएका छन् । उनले ५ हजार ९ सय ६८ मत प्राप्त गरेका छन्। पाण्डेले माओवादी केन्द्रका मेयर उम्मेद्वार मोहनहरी पौडेललाई पराजित गरेका हुन्। पराजित पौडेलले ४ हजार ५ सय ४७ मत ल्याए।
उपमेयरमा भने एमाले उम्मेद्वार विजयी भएका छन्। एमालेका राजकुमार श्रेष्ठले ५ हजार ५ सय ५६ मत ल्याएर जीत हात पारेका हुन्। उनले कांग्रेसकी सीता शाहीलाई पराजित गरिन्। शाहीले ५ हजार ३ सय ३२ मत ल्याइन्।
माओवादीले जीतेका नगरपालिकाः
रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका देवीलाल गौतम विजयी भएका छन्। गौतमले ४ हजार ३ सय ५० मत प्राप्त गरेका हुन्। उनका निकटमत प्रतिद्वन्द्वि कांग्रेसका महेन्द्र केसीले ४ हजार १ सय ७४ मत प्राप्त गरे।
उपमेयरमा पनि माओवादी केन्द्रकी प्रेमकुमारी सुनार केसी विजयी भएकी छिन्। उनले ४ हजार ४ सय ७९ मत प्राप्त गरिन्। निकटम प्रतिद्वन्द्वि कांग्रेसकी बालकुमारी गिरीले ४ हजार १ सय ५८ मत ल्याइन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












