कालिकोटका २ नगरपालिकासहित पाँच स्थानीय तहमा माओवादी विजयी
कालिकोट, ४ जेठ । कालिकोटका पाँच स्थानीय तहमा माओवादी केन्द्रले जित निकालेको छ । ७ स्थानीय तह रहेको कालिकोटमा माओवादी केन्द्रका पाँवटामा विजयी भएको हो । एउटामा एमाले विजयी भएको छ भने एउटा स्थानीय तहमा मतगणना जारी छ ।
रासकोट नगरपालिका, तिलागुफा नगरपालिका, पलाता गाउँपालिका, पंचाल झरना गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादीले प्रमुख र उपप्रमुख सहित अधिकांश वडाहरु जितेको छ ।
रासकोट नगरपालिकाको प्रमुखमा काशिचन्द्र बराल र उपप्रमुखमा मिमसरा बम तथा तिलागुफा नगरपालिकाको प्रमुखमा रतनबहादुर शाही र उपप्रमुखमा दर्शना नेपाली विजयी भएकी छन् ।
यसैगरी सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा माओवादीका डम्बर शाही र उपाध्यक्षमा होइजाली बुढा, पंचाल झरना गाउँपालिका प्रमुखमा खड्क सेजुवाल र उपप्रमुखमा तारा न्यौपाने तथा पलाता गाउँपालिका अध्यक्षमा लक्ष्मण बम र उपाध्यक्षमा दाना न्यौपाने विजयी भएका छन् ।
कालिकोटमा माओवादीले २ नगरपालिका र ३ गाउँपालिकामा जितेको हो । कालिकोटको खाडाचक्र गाउँपालिकामा एमाले विजयी भएको छ भने महाबै गाउँपालिकामा मतगणना जारी छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












