स्थानीय तह निर्वाचनः ३४ जिल्लामा कुन दलको कस्तो उपस्थिति ?
काठमाडौं, ८ जेठ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर, हेटौँडा उपमहानगरसहित बूढानीलकण्ठ र कागेश्वर मनोहरा नगरपालिकाको नतिजा आउन भने बाँकी छ ।
प्रदेश ३ः एमाले ५४, कांग्रेस ३३, माओवादी १६
प्रदेश नम्बर ३ का १३ जिल्लाका ११९ तहमा अहिलेसम्मको नतिजामा एमालेले सबैभन्दा धेरै ५४, कांग्रेसले ३३, माओवादीले १६ र राप्रपा, नयाँ शक्ति र नेमकिपाले एक–एक तह जितेका छन् । काठमाडौं, दोलखा, भक्तपुर र रसुवामा माओवादीले एउटा तहमा पनि जित निकाल्न सकेन । नौ जिल्लाबाट माओवादीले १६ तहमा मात्रै जित्यो । भक्तपुरबाहेक कांग्रेसले १२ वटा जिल्लामा जित निकाल्यो ।
प्रदेश ४ः कांग्रेस ४४, एमाले ३३, माओवादी पाँच
प्रदेश नम्बर ४ का ११ जिल्लाका ८५ स्थानीय तहमा कांग्रेसले ४४, एमालेले ३३ स्थानीय तह जित्दा माओवादीले पाँचवटा मात्रै जित्न सक्यो । कास्की, पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा र नवलपरासीमा माओवादी केन्द्रले एउटा पनि तह जित्न सकेन । गोरखा, तनहुँ, बाग्लुङ र लमजुङमा मात्र माओवादीले जित्यो ।
प्रदेश ४ को गोरखामा एमाले शून्य हुँदा कांग्रेस भने ११ वटै जिल्लामा जित्न सफल भयो । प्रभाव क्षेत्र रहेर पनि नयाँ शक्तिले गोरखामा समेत जित निकाल्न सकेन । माओवादी र नयाँ शक्तिलाई पछि पार्दै डा. बाबुराम भट्टराईको चुनाव क्षेत्रमा कांग्रेसले चुनाव जित्यो ।
प्रदेश ६ः एमाले २६, कांग्रेस/माओेवादी २५/२५, स्वतन्त्र २
माओवादी ३, कांग्रेस २ र एमाले एक जिल्लामा शून्य प्रदेश नम्बर ६ का १० वटा जिल्लाका ७९ स्थानीय तहमा माओवादीले २५, एमालेले २६, कांग्रेसले २५ र स्वतन्त्रले दुई स्थानीय तह जितेका छन् । कालिकोटका दुई तहको नतिजा अझै आउँन बाँकी छ ।
प्रदेश ६ का दैलेख, मुगु र सुर्खेतमा माओवादीले एउटा तह पनि जित्न सकेन । प्रदेश ६ का अरू जिल्लामा जिते पनि रुकुम र डोल्पामा कांग्रेस तथा एमालेले रुकुममा एउटा पनि तह जित्न सकेनन् । रुकुममा ६ वटै तह माओवादीले जित्यो ।
कुन जिल्लामा कसले कति जिते ?
प्रदेश ३
काठमाडौंः एमाले ४, कांग्रेस ४, माओवादी शून्य, (महानगरसहित तीन नगरपालिकाको नतिजा आउन बाँकी) काभ्रेः कांग्रेस ४, एमाले ७ (५ नगरपालिका, २ गाउँपालिका), माओवादी २ चितवनः एमाले ४, कांग्रेस १, माओवादी १ (एक तहको नतिजा आउन बाँकी) दोलखाः कांग्रेस २, एमाले ६, एकको नतिजा आउन बाँकी धादिङः एमाले ८, कांग्रेस ३, माओवादी १, राप्रपा १ नुवाकोटः कांग्रेस ७, एमाले ३, माओवादी २ भक्तपुरः नेमकिपा १, एमाले १ (दुईको नतिजा आउन बाँकी) मकवानपुरः एमाले ५, कांग्रेस २, माओवादी २, (हेटौँडा उपमहानगरपालिकाको नतिजा आउन बाँकी) रसुवाः कांग्रेस २, एमाले २, नयाँ शक्ति १, माओवादी शून्य रामेछापः एमाले ५, माओवादी २, कांग्रेस १ ललितपुरः कांग्रेस २, एमाले २, माओवादी १ (ललितपुर महानगरपालिका नतिजा आउन बाँकी) सिन्धुपाल्चोकः एमाले ७, कांग्रेस २, माओवादी २ (एक तहको नतिजा आउन बाँकी) सिन्धुलीः एमाले ३, माओवादी ३, कांग्रेस ३
प्रदेश ४
कास्कीः एमाले ३, कांग्रेस १, एकको नतिजा आउन बाँकी
गोरखाः कांग्रेस ९, माओवादी २, एमाले र नयाँ शक्ति शून्य तनहुँः कांग्रेस ६, एमाले ३, माओवादी केन्द्र १ पर्वतः एमाले ४, कांग्रेस ३, माओवादी शून्य मनाङः कांग्रेस २, एमाले २, माओवादी शून्य मुस्ताङः कांग्रेस ३, एमाले १, स्वतन्त्र १, माओवादी शून्य
म्याग्दीः कांग्रेस ४, एमाले २, माओवादी शून्य स्याङ्ज स् एमाले ७, कांग्रेस ४, माओवादी शून्य लमजुङः एमाले ५, कांग्रेस २, माओवादी १ बाग्लुङ स् कांग्रेस ४, एमाले ४, राष्ट्रिय जनमोर्चा १, माओवादी १ नवलपरासीः कांग्रेस ६, एमाले २, माओवादी शून्य
प्रदेश ६
कालिकोटः माओवादी ५, कांग्रेस १, एमाले ३ जाजरकोटः एमाले ३, कांग्रेस २, माओवादी २ जुम्लाः कांग्रेस ४, माओवादी ३, एमाले १ डोल्पाः एमाले ४, माओवादी २, स्वतन्त्र २ दैलेखः एमाले ७, कांग्रेस ४, माओवादी शून्य मुगुः कांग्रेस ३, एमाले १, माओवादी शून्य रुकुमः माओवादी ६, कांग्रेस र एमाले शून्य सल्यानः एमाले ४, कांग्रेस ३, माओवादी ३ सुर्खेतः कांग्रेस ६, एमाले ३, माओवादी शून्य हुम्लाः माओवादी ५, कांग्रेस १, एमाले १ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












