पहिलो चरणको चुनावमा हार व्यहोरेका डा. बाबुराम भट्टराई देशदौडाहमा, एकाएक पुनर्बास पुगे
काठमाडौं, ८ जेठ । पहिलो चरणको निर्वाचनमा हार व्यहोरेका नयाँ शक्ति नेपाल पार्टीले दोस्रो चरणको चुनाव आफ्नो पक्षमा पार्ने गरी तयारी थालेको छ । पहिलो चरणको निर्वाचनमा एक सिट मात्र जितेको नयाँ शक्ति दोस्रो चरणको चुनावलाई रणनीति बनाउन लागिपरेको छ । त्यसको लागि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई यतिबेला देशदौडाहमा छन् ।
उनी सोमबार एकाएक कञ्चनपुरको पुनर्बास पुगेका छन् । डा. भट्टराई सोमबार बिहानै भारतीय सीमा जोडिएको कञ्चनपुर जिल्लाको पुनर्वासमा पुगे । उनले त्यहाँ भारतीय सुरक्षा फौजबाट मारिएका गोविन्द गौतमका परिवारजनसँग भेटघाट गरेका छन् ।
डा. भट्टराईले त्यहाँ नेपाली सीमाको अवस्थाबारे पनि अवलोकन गरेका छन् । सीमा अवलोकनका क्रममा स्थानीयबासीले पूर्वप्रधानमन्त्री समेत रहेको भट्टराईसँग २०० नम्बरको सीमास्तम्भ हराएको जानकारी गराउँदै सीमालाई व्यवस्थित बनाउनेबारे पहल गरिदिन आग्रह गरे । साथै सहीद परिवारले अहिलेसम्म केही नपाएको गुनासो गरे ।
सीमा अवलोकन गर्नुभन्दा अघिल्लो दिन डा. भट्टराईले बर्दियामा नयाँ शक्ति पार्टीका तर्फबाट आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गरे । प्रचण्ड गर्मीमा सेतो कुर्ता र पाइन्ट लगाएर तराई झरेका डा. भट्टराईले बर्दियामा पार्टी प्रवेश कार्यक्रममा केही कार्यकर्तालाई अवीरसमेत लगाए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












