काठमाडौं महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित
काठमाडौं, १४ जेठ । काठमाडौंको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् । उनले ६४ हजार ९ सय १३ मत ल्याई विजय भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याए।
त्यस्तै महानगरको उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्का निर्वाचित भएकी छन्। उनले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी भएकी हुन्। उनका निकतम प्रतिद्वन्द्वी राजाराम श्रेष्ठले ३४ हजार ८ सय ४५ मत ल्याए। यसअघि एमालेले पोखरा महानगर र कांग्रेसले ललितपुर महानगरमा विजयी भएको थियो।
को हुन् शाक्य ?
काठमाडौँको लगनटोलमा विं.सं. २०२० जेठ ९ गते जन्मिएका हुन् । शाक्यका पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको भने निधन भैसकेको छ । हाल लगनटोलमै पत्नी सुचिता शाक्यसहित परिवारसँग बस्दै आएका शाक्यले भारत, चीन, थाइल्याण्ड, भुटान, उत्तर कोरिया, युएईलगायतका देशको भ्रमण गरिसकेका छन् ।
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गरेका शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । राजनीति प्रतिष्ठा र समाज परिवर्तनका लागि गर्ने हो भन्ने अठोट बोकेर हिडेका शाक्यले अहिले जुन सफलता प्राप्त गरेका छन् उनी त्यसलाई निरन्तरको योगदान र निष्ठाको प्रतिफल हो भन्छन् ।
काठमाडौंको भित्रि सहरमा आफ्नो छुट्टै परिचय बनाउन सफल शाक्य काठमाडौँको नेवारी समूदायमा जन्मि–हुर्किएका हुन् । शाक्य ०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा सक्रिय बनेका हुन् ।
०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि उनले अग्रमोर्चामै उभिए सक्रिय भूमिका खेले । प्रजातन्त्रप्राप्तिको आन्दोलनका क्रममा निर्भीकतापूर्वक अग्रमोर्चामा रहेकै कारण पटक–पटक प्रहरीको निशानामा परेका शाक्य आफ्नो विचारमा अडिग रहिरहे ।
प्रजातन्त्र प्राप्तिपछि स्थापना भएको नेकपा (एमाले) को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हाले शाक्यले । त्यतिबेला काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उनको भूमिका उल्येख्य रहेको थियो ।
उनी ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षमा विजयी भएका थिए भने त्यसपछि करिब दुई दशकदेखि नेकपा (एमाले)को काठमाडौं जिल्ला कमिटीको विभिन्न जिम्मेवारीमा रहँदै आएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












