फिलिपिन्सका राष्ट्रपतिले भने, ‘तीन महिलालाई सम्म बलात्कार गर्नु जायज’
काठमाडौं, १४ जेठ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टेले एक पटक पुनः बलात्कारको विषयमा विवादास्पदक बयान दिएका छन् । देशको दक्षिणमा ‘मार्शल ल’ लगाएपछि एक सैन्य शिविरमा सैनिकलाई सम्बोधन गर्दै उनले तीनजना महिलालाई बलात्कार गरेसम्म छुट पाइने भन्दै विवादास्पदक अभिव्यक्ति दिएका थिए । उक्त भाषणपछि राष्ट्रपति रोड्रिगोको निकै कडा आलोचना भईरहेको छ ।
राष्ट्रपतिका लागि आफ्नो उम्मेद्वारीपछि डुटार्टेले बलात्कारको विषयमा यस्तो विवादास्पद टिप्पणी दिएको यो दोस्रो पटक हो । एक मानवअधिकार संगठनले उनको टिप्पणीलाई ‘घिनलाग्दो’ बताए । यस्तै, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिंटनकी छोरी चेल्सी क्लिंटनले बलात्कार कहिले पनि मजाक हुननसक्ने भन्नै ट्वीटरमा टिप्पणी गरेकी छिन् ।

डुटार्टेले सैनिकलाई भने, ‘यदि तपाईंहरु तीनजना महिलालाई बलात्कार गर्नुहुन्छ भने म तपाईंहरुको लागि जेल जानेछु । म भन्नेछु, ‘हो, मैले नै बलात्कार गरेको हुँ’ । तर तपाईंले चारजनासँग विवाह गर्नुहुन्छ भने वेश्याका छोराहरु, तिमीहरुले ठूलै सजायँ पाउनेछौ ।’
डुटार्टेको यो बयानमा चेल्सी क्लिंटनले ट्वीट गरेकी छिन्, ‘डुटार्टे एक हत्यारा ठग हुन् जसको मानवअधिकारसँग कुनै सम्बन्ध छैन र बलात्कार कहिले पनि मजाक हुनै सक्दैन ।’
मानवअधिकार कार्यकर्ता फेलिम किनले राष्ट्रपति डुटार्टेको यो टिप्पणी ‘मजाकको एक घिनलाग्दो’ रुप थियो जसले सैनिकलाई ‘मार्शल ल’को आधारमा अधिकारको दुरुपयोग गर्न सकिन्छ भन्ने सन्देश दिन्छ । पछिल्लो वर्ष पनि डुटार्टेले सन् १९८९ मा एक अष्ट्रेलियाली मिशनरीको बलात्कार र हत्यामाथि मजाक गरेका थिए ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











