फिलिपिन्सका राष्ट्रपतिले भने, ‘तीन महिलालाई सम्म बलात्कार गर्नु जायज’
काठमाडौं, १४ जेठ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टेले एक पटक पुनः बलात्कारको विषयमा विवादास्पदक बयान दिएका छन् । देशको दक्षिणमा ‘मार्शल ल’ लगाएपछि एक सैन्य शिविरमा सैनिकलाई सम्बोधन गर्दै उनले तीनजना महिलालाई बलात्कार गरेसम्म छुट पाइने भन्दै विवादास्पदक अभिव्यक्ति दिएका थिए । उक्त भाषणपछि राष्ट्रपति रोड्रिगोको निकै कडा आलोचना भईरहेको छ ।
राष्ट्रपतिका लागि आफ्नो उम्मेद्वारीपछि डुटार्टेले बलात्कारको विषयमा यस्तो विवादास्पद टिप्पणी दिएको यो दोस्रो पटक हो । एक मानवअधिकार संगठनले उनको टिप्पणीलाई ‘घिनलाग्दो’ बताए । यस्तै, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिंटनकी छोरी चेल्सी क्लिंटनले बलात्कार कहिले पनि मजाक हुननसक्ने भन्नै ट्वीटरमा टिप्पणी गरेकी छिन् ।

डुटार्टेले सैनिकलाई भने, ‘यदि तपाईंहरु तीनजना महिलालाई बलात्कार गर्नुहुन्छ भने म तपाईंहरुको लागि जेल जानेछु । म भन्नेछु, ‘हो, मैले नै बलात्कार गरेको हुँ’ । तर तपाईंले चारजनासँग विवाह गर्नुहुन्छ भने वेश्याका छोराहरु, तिमीहरुले ठूलै सजायँ पाउनेछौ ।’
डुटार्टेको यो बयानमा चेल्सी क्लिंटनले ट्वीट गरेकी छिन्, ‘डुटार्टे एक हत्यारा ठग हुन् जसको मानवअधिकारसँग कुनै सम्बन्ध छैन र बलात्कार कहिले पनि मजाक हुनै सक्दैन ।’
मानवअधिकार कार्यकर्ता फेलिम किनले राष्ट्रपति डुटार्टेको यो टिप्पणी ‘मजाकको एक घिनलाग्दो’ रुप थियो जसले सैनिकलाई ‘मार्शल ल’को आधारमा अधिकारको दुरुपयोग गर्न सकिन्छ भन्ने सन्देश दिन्छ । पछिल्लो वर्ष पनि डुटार्टेले सन् १९८९ मा एक अष्ट्रेलियाली मिशनरीको बलात्कार र हत्यामाथि मजाक गरेका थिए ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












