ट्राफिक प्रहरीले जथाभावी बाटो काट्दा ठूलै नेतालाई समेत जरिवाना तिराएपछि
काठमाडौं, १७ जेठ । सवारी दुर्घटनाको प्रमुख कारक तत्व जथाभाबी बाटो काट्ने बटुवा भएपनि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मंगलबारदेखि कारवाही अभियान थालेको छ । ट्राफिकले जेब्रा क्रसिङ र आकाशेपुल बाहेकका स्थानबाट बाटो काट्ने र सडकमा हिंड्नेलाई पक्राउ गर्दै २ सय जरिवाना लिँदै छाड्ने गरेको छ । मंगलबार मात्र ३० हजार पक्राउ परेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले केही समय पहिलेदेखि जथाभावी बाटो काट्नेलाई जनचेतना दिँदै आएको थियो । जेठ १६ गतेबाट जथाभावी बाटो काट्नेलाई धमाधम पक्राउ गर्दै जरिवना तिराउँदै छाडियो । पैसा नहुनेलाई ३ घण्टा सम्म उभ्याएर ट्राफिक जनचेतना सम्बन्धि कक्षा नै दिईरहेको छ । बुधबार बिहानैदेखि पनि उक्त अभियान जारी छ । अभियानकै सिलसिलामा बानेश्वरमा ट्राफिक प्रहरीले जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीलाई पक्राउ गरेर जरिवाना तिराएको छ ।
बिहान करिब साढे नौ बजेतिर भण्डारी बानेश्वरको कृष्ण सदन अगाडिबाट सडक पार गरेर एभरेष्ट बैंकतर्फ जान खौज्दै थिए । त्यसैक्रममा प्रहरीले उनलाई पक्राउ गयो । सुरुमा भण्डारीले प्रतिवाद गरे । ‘पूर्वसूचना बिनै यस्तो गर्न पाइन्छ ?’, उनी कड्किए । प्रहरीले सञ्चार माध्यममार्फत र सार्वजनिक स्थानमा सूचना दिएरै अभियान थालिएको जवाफ दिएर दुई सय रुपैयाँ मागे । भण्डारीले सयका दुईवटा नोट झिकेर दिए र बाटो लागे । तर, प्रहरीले फेरि रोके । हेलो, हेलो चिट लिएर जानुस् । भण्डारी फर्किए र चिट लिएर एभरेष्ट होलटको अगाडि पट्टिबाट बबरमहलतिर लागे ।
भण्डारीले यतिसम्म चाहिं इमान्दारिता देखाए कि आफू नेता भएको उनले बताएनन् । दलका नेता भनेको भए सायद प्रहरीले उनलाई छाडिदिन्थे होला । तर, उनले आफू नेता भएकाले कारबाही गर्न नमिल्ने बताएनन्, बरु दुई सय बुझाएर बाटो लागे । यस्तै अन्य नेताहरु पनि यसरी नै कारबाहीमा परेका छन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












