अफगानिस्तानमा शक्तिशाली कार बम बिष्फोट, ९ जनाको मृत्यु, ६० घाइते
अफगानिस्तान, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली कार बम विष्फोट भएको छ । काबुलस्थित विदेशी दूतावासहरु रहेको भिआइपी क्षेत्रमा शक्तिशाली कार बम विष्फोट हुँदा ९ जनाको ज्यान गएको छ । विष्फोटमा परी कम्तिमा ६० जना घाइते भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । घाइतेहरु अधिकांशको अवस्था गम्भीर छ ।
प्रत्यक्षदर्शीका अनुसार कार चढेर आएको एक आत्मघाती आक्रमणकारीले स्वयंलाई बिष्फोट गराएका थिए । अफगान मिडियाहरुका अनुसार विष्फोट काबुलको बजीर अकबर खान इलाकामा भएको थियो । विष्फोट भएको क्षेत्रमा राष्ट्रपति भवन र कयौं देशका दूतावासहरु छन् । तर यो विष्फोट जर्मन दूतावास नजिकै भएको थियो ।
बमको धमाका यति ठूलो थियो कि करिब डेढ किलोमिटर टाढा रहेको भारतीय दूतावासमा समेत सामान्य क्षति पुगेको छ । तर, भारतीय दूतावासका सबै कर्मचारीहरु सुरक्षित रहेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीटरमार्फत् जानकारी दिएकी छन् ।
विष्फोट भएको स्थान नजिकैका धेरै भवनहरुमा क्षति पुगेको छ । करिब ३० गाडीहरु क्षतिग्रस्त भएका छन् । विष्फोट भएपछि कालो धुवाँको मुस्लो धेरैबेरसम्म आकाशमा उडेको देखिन्थ्यो ।
यसअघि मे १३ मा काबुलमै भएको बम विष्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको थियो । यसैगरी गत फेब्रुअरीमा आफगानिस्तानको सर्वोच्च अदालत अगाडि पनि विष्फोट भएको थियो । सो विष्फोटमा २० जनाको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











