अब केन्द्रीय सरकारमा प्रधानमन्त्री सहित १८ मन्त्रालयको प्रस्ताव (प्रस्तावित सूचीसहित)

काठमाडौं, १७ जेठ । अब नेपालको केन्द्रीय सरकार अन्तर्गत प्रधानमन्त्रीसहित १८ मन्त्री मात्रै राख्न प्रस्ताव गरिएको छ । यसअघिको जुन सरकारले जति धेरै मन्त्री नियुक्त गर्न सक्यो त्यक्ति नै बलियो भईन्छ भन्ने मान्यतालाई निरुत्साहित गर्न नेपालको संघीय सरकारमा १८ मन्त्री मात्रै राख्ने व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।
अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले बुधवार संसदको राज्यव्यवस्था समितिमा पेश गरेको प्रतिवेदनमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ । सरकारले गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो ।
समितिमा एमाले सांसद राजेन्द्र पाण्डे, कांग्रेसकी आरजु देउवा, माओवादीकी रेखा शर्मा, राप्रपाका भुवन पाठक सदस्य थिए । समितिले पेश गरेको प्रस्तावमा उल्लेखि कतिपय मन्त्रालयको नाम र संरचनामा हेरफेर गर्नुपर्ने अवस्था रहेको राज्य व्यवस्था समिति सदस्य यज्ञराज सुनुवारले बताए ।
यसबारे आगामी शुक्रवारको बैठकमा छलफल हुनेछ । राज्यमन्त्रीहरु समेत राखेर बढिमा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुने संवैधानिक प्राबधान रहेको छ । समितिले विभिन्न मन्त्रालयहरुलाई गाभेरमा एउटै बनाउन प्रस्ताव गरेको छ । अहिलेसम्मको योजना आयोगलाई अर्थ मन्त्रालयमा गाभेर अर्थ तथा योजना मन्त्रालय नामाकरण गरिएको छ ।
- अर्थ तथा योजना मन्त्रालय
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
- पर्यटन तथा संस्कृति मन्त्रालय
- कृषि सहकारी तथा भूमी व्यवस्थापन मन्त्रालय
- गृह मन्त्रालय
- जलस्रोत तथा उर्जा मन्त्रालय
- परराष्ट्र मन्त्रालय
- भौतिक पुर्वाधार, यातायात तथा नागरिक उड्डयन मन्त्रालय
- रक्षा मन्त्रालय
- शिक्षा तथा खेलकुद मन्त्रालय
- विज्ञान प्रविधि मन्त्रालय
- महिला समावेशीकरण तथा सामाजिक न्याय मन्त्रालय
- सूचना तथा सञ्चार मन्त्रालय
- स्वास्थ्य मन्त्रालय
- मानव संशाधन, युवा, श्रम तथा रोजगार मन्त्रालय
- वन तथा वातावरण मन्त्रालय
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












