झापामा आमा छोरी नै एउटै पार्टीबाट उपप्रमुखका उम्मेदवार
काँकडभिट्टा, जेठ १८। असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन् । नेपाली काँग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उपप्रमुखको टिकट पाएकी छन् भने उनकी छोरी दुर्गा भुर्तेल खतिवडाले मेचीनगर नगरपालिकामा उपप्रमुखकै टिकट पाएकी हुन् ।
“राजनीतिमा आमा–छोरी भनेर जिम्मेवारी पाउने कुरामा रोकिने कुरा हुँदैन”, काँग्रेसबाट भद्रपुरको उपप्रमुख पदकी उम्मेदवार बनेकी तारा भुर्तेलले भनिन्, “पार्टीमा काम गरेको आधारमा मूल्याङ्कन भएको हो ।” नेपाली काँग्रेसको महासमिति सदस्यसमेत रहेकी तारा ७१ वर्षकी छन् । उनी सम्भवतः झापाकै सबैभन्दा पाको उमेरकी उपप्रमुख उम्मेद्वार हुन् ।
उनले २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भद्रपुरबाट वडाध्यक्ष पदमा जितेकी थिइन् । २० बर्ष अघि नै जनताको प्रतिनिधि बनेर सेवा गर्ने अवसर पाएकी उनी चुनाव जित्ने दाबी गर्छिन् । राजनीतिमा उमेरले नछेक्ने उनी बताउँछिन् । “अहिले पनि ममा १६ वर्षेले झैं पार्टीको काममा खटिने गर्ने जोस, जाँगर छ”, उनी भन्छिन्, “राजनीति गर्नलाई उमेरले छेक्दैन ।”
त्यसैगरी, छोरी दुर्गा भुर्तेल खतिवडा पनि नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि हुन् । उनी नेपाल महिला सङ्घको क्षेत्र नम्बर १ को पूर्वसभापति पनि हुन् । विभिन्न सङ्घसंस्थामा सक्रिय खतिवडाले राजनीतिमा लाग्ने प्रेरणा आमाबाटै पाएको बताउँछिन् ।
उनले आफूलाई पार्टीले टिकट दिएकोमा खुसी व्यक्त गरिन् । भद्रपुरको भुर्तेल परिवार नेपाली काँग्रेसको धेरै पुरानो राजनीतिक घराना हो ।सो परिवारबाट काँग्रेसमा धेरै कार्यकर्ता जन्मिएका छन् । विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सिके प्रसार्इंलगायतले भुर्तेल परिवारको घरलाई सेल्टरका रुपमा प्रयोग गर्थे ।
झापाका १३ तहमा काँग्रेस उम्मेद्वार
यसैबीच, झापामा नेपाली काँग्रेसले १३ वटा स्थानीय तहमा प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाएको छ । पन्ध्र स्थानीय तह रहेको झापामा काँग्रेसले मेचीनगरमा विमल आचार्य, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा एकराज उप्रेती र बुद्धशान्तिमा रमेश भुजेल गरी चार तहको प्रमुख पदको उम्मेदवार केन्द्रीय कमिटीबाट टुङ्गो लगाएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए ।
यसअघि जिल्ला समितिबाटै गौरादह गाउँपालिकामा रोहित साह, गौरीगन्ज गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी र कमल गाउँपालिकामा हुकुमसिंह राईलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो ।
कचनकबल गाउँपालिकामा कालेन्द्रप्रसाद राजवंशी, हल्दिबारी गाउँपालिकामा दिलीपकुमार माबो र झापा गाउँपालिकामा जयनारायण साहलाई नेपाली काँग्रेसले प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अब शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिकामा मात्र उम्मेद्वारको टुङ्गो लगाउन बाँकी रहेको छ । पार्टीले अधिकांश नगरपालिका तथा गाउँपालिकामा उपप्रमुखको टुङ्गो लागेपनि केहीमा निर्णय हुन बाँकी रहेको जनाएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












