झापामा आमा छोरी नै एउटै पार्टीबाट उपप्रमुखका उम्मेदवार
काँकडभिट्टा, जेठ १८। असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन् । नेपाली काँग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उपप्रमुखको टिकट पाएकी छन् भने उनकी छोरी दुर्गा भुर्तेल खतिवडाले मेचीनगर नगरपालिकामा उपप्रमुखकै टिकट पाएकी हुन् ।
“राजनीतिमा आमा–छोरी भनेर जिम्मेवारी पाउने कुरामा रोकिने कुरा हुँदैन”, काँग्रेसबाट भद्रपुरको उपप्रमुख पदकी उम्मेदवार बनेकी तारा भुर्तेलले भनिन्, “पार्टीमा काम गरेको आधारमा मूल्याङ्कन भएको हो ।” नेपाली काँग्रेसको महासमिति सदस्यसमेत रहेकी तारा ७१ वर्षकी छन् । उनी सम्भवतः झापाकै सबैभन्दा पाको उमेरकी उपप्रमुख उम्मेद्वार हुन् ।
उनले २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भद्रपुरबाट वडाध्यक्ष पदमा जितेकी थिइन् । २० बर्ष अघि नै जनताको प्रतिनिधि बनेर सेवा गर्ने अवसर पाएकी उनी चुनाव जित्ने दाबी गर्छिन् । राजनीतिमा उमेरले नछेक्ने उनी बताउँछिन् । “अहिले पनि ममा १६ वर्षेले झैं पार्टीको काममा खटिने गर्ने जोस, जाँगर छ”, उनी भन्छिन्, “राजनीति गर्नलाई उमेरले छेक्दैन ।”
त्यसैगरी, छोरी दुर्गा भुर्तेल खतिवडा पनि नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि हुन् । उनी नेपाल महिला सङ्घको क्षेत्र नम्बर १ को पूर्वसभापति पनि हुन् । विभिन्न सङ्घसंस्थामा सक्रिय खतिवडाले राजनीतिमा लाग्ने प्रेरणा आमाबाटै पाएको बताउँछिन् ।
उनले आफूलाई पार्टीले टिकट दिएकोमा खुसी व्यक्त गरिन् । भद्रपुरको भुर्तेल परिवार नेपाली काँग्रेसको धेरै पुरानो राजनीतिक घराना हो ।सो परिवारबाट काँग्रेसमा धेरै कार्यकर्ता जन्मिएका छन् । विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सिके प्रसार्इंलगायतले भुर्तेल परिवारको घरलाई सेल्टरका रुपमा प्रयोग गर्थे ।
झापाका १३ तहमा काँग्रेस उम्मेद्वार
यसैबीच, झापामा नेपाली काँग्रेसले १३ वटा स्थानीय तहमा प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाएको छ । पन्ध्र स्थानीय तह रहेको झापामा काँग्रेसले मेचीनगरमा विमल आचार्य, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा एकराज उप्रेती र बुद्धशान्तिमा रमेश भुजेल गरी चार तहको प्रमुख पदको उम्मेदवार केन्द्रीय कमिटीबाट टुङ्गो लगाएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए ।
यसअघि जिल्ला समितिबाटै गौरादह गाउँपालिकामा रोहित साह, गौरीगन्ज गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी र कमल गाउँपालिकामा हुकुमसिंह राईलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो ।
कचनकबल गाउँपालिकामा कालेन्द्रप्रसाद राजवंशी, हल्दिबारी गाउँपालिकामा दिलीपकुमार माबो र झापा गाउँपालिकामा जयनारायण साहलाई नेपाली काँग्रेसले प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अब शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिकामा मात्र उम्मेद्वारको टुङ्गो लगाउन बाँकी रहेको छ । पार्टीले अधिकांश नगरपालिका तथा गाउँपालिकामा उपप्रमुखको टुङ्गो लागेपनि केहीमा निर्णय हुन बाँकी रहेको जनाएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












