एमालेको संसद अवरोधका कारण देउवालाई प्रधानमन्त्री बन्न ढिलाई !
काठमाडौं, १८ जेठ । नयाँ सरकार गठनको लागि आजदेखि वहुमतिय प्रक्रिया सुरु हुदैँछ । नयाँ सरकारको लागि राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदलाई आह्वान गर्नेछिन् । लगत्तै संसदले आफ्नो प्रक्रिया थाल्नेछ । नयाँ प्रधानमन्त्रीको रोलक्रममा रहेका काँग्रेस सभापति शेरबहादुर देउवा यतिबेला नयाँ सरकार गठनको कसरतमा लागेका छन् ।
राष्ट्रपतिले सहमतिय सरकार गठनको लागि दिएको समयसीमा त्यक्तिकै गुजारेका दलहरुले आजदेखि हुने बहुमतिय प्रक्रियाको भने सदुपयोग गर्ने मनसायमा छन् । काँग्रेस र माओवादी केन्द्रबीचको यसअघिको सहमति अनुसार देउवा वहुमतिय प्रक्रिया अनुसार प्रधानमन्त्री बन्ने पक्का छ । तर त्यसको लागि संसद सुचारु हुनुपर्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भरतपुर महानगरपालिकाको मतगणना थाल्नुपर्ने माग राखेर संसद अवरुद्ध पारिरहेको छ । जसले गर्दा नयाँ सरकार गठन प्रक्रिया समेत अवरुद्ध हुने देखिएको छ । पुनः मतदान गराउने नियतले मतपत्र च्यातिएको भन्दै एमालेले पुनः मतदान मान्य नहुने बताउँदै आएको छ । निर्वाचन आयोगमा पुगेर आफ्ना धारणा प्रष्ट राखेको एमालेले थप दबाव दिन भन्दै बुधबार संसद अवरुद्ध गरेको थियो । एमालेले आज पनि संसद अबरुद्ध जारी राख्ने एमाले नेताहरुले बताएका छन् ।
एमालेले मतगणना सुचारु गर्न माग गर्दै बिहीबार चितवन बन्दसमेत आहृवान गरेको थियो । तर, पार्टीपंक्ति र सर्वसाधारणबाट चर्को आलोचना भएपछि बुधबार साँझै बन्द फिर्ता गरेको थियो । संसदको अवरोध भने कायमै रहने एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले बताए । ‘जुन विषय उठाएर संसदको कारवाही अवरुद्ध भएको हो, त्यो कायमै छ,’ ढकालले भने । सत्तारुढ दलका नेताहरुले भने निर्वाचन आयोगले गर्न सक्ने निर्णयलाई देखाएर संसद अवरुद्ध गर्नु गलत भएको बताएका छन् ।
कांग्रेस र माओवादीले औपचारिक रुपमा भरतपुर घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । तर, नेताहरुले जे भयो, गलत भयो र निर्वाचन आयोगले गर्ने निर्णय मान्य हुने बताएका छन् । मतपत्र च्यात्ने प्रतिनिधिको दल माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड स्वयंले पनि दोषीलाई कारबाही गर्ने र निर्वाचन आयोगले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताएका छन् ।
यसका बाबजुद एमालेले संसद अवरोध जारी राख्नु गलत भएको कांग्रेस र माओवादी नेताहरु बताउँछन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आफूहरुको संसद अवरोधका कारण सरकार गठनमा असर परे सत्तापक्ष नै जिम्मेवार हुने बताए । भरतपुर प्रकरणलाई सामान्य रुपमा लिइए भविष्यमा निर्वाचन आयोगले कुनै पनि निर्वाचन गराउन नसक्ने परिस्थिति उत्पन्न हुने एमालेको दाबी छ ।
एमालेले संसद अवरुद्ध गर्दै जाने हो भने नयाँ सरकार गठन प्रक्रिया धेरै लम्बिनेछ । एमालेको भित्रि मनसाय पनि यहि नै रहेको नेताहरुको बुझाई छ । अहिले प्रचण्ड नेतृत्वकै सरकारले दोस्रो चरणको निर्वाचन पनि सम्पन्न गराउनुपर्ने माग राख्दै आएको एमालेले देउवालाई भने सरकारमा त्यत्ति सजिलै जान दिने छाँटकाँट देखिएको छैन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












