डोटीमा भारतीय प्रहरीको नाङ्गो हस्तक्षेप भएको विप्लव माओवादीको ठहर
काठमाडौं, १९ जेठ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले डोटीमा भारतीय प्रहरीले नेपालीलाई अपहरण गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार राति भारतीय प्रहरीको एक टोलीले दिपायल सिलगढी नगरपालिका ८ का लालबहादुर आउजीलाई अपरण गरी भारततर्फ लैजान खोजेको थियो । उक्त घटनापछि नेपाल प्रहरीले भारतीय प्रहरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका भारतीय प्रहरीलाई विनाकारबाही छोड्ने तयारी भईरहेको छ । उक्त घटनालाई नेकपाले भने नेपालमाथि भारतीय ठाडो हस्तक्षेप भनेको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले डोटीमा भएको भारतीय प्रहरीको नेपाल प्रवेश र नेपाली नागरिकको अपहरणलाई नेपालमाथिको नाङ्गो हस्तक्षेप भएको बताएका हुन् । आज विहान एक विज्ञप्ती जारी गर्दै प्रवक्ता प्रकाण्डले ‘अन्तर्राष्ट्रिय कानुन अनुसारसमेत भारतीय प्रहरी विना अनुमती नेपाल प्रवेश गर्नु गैरन्यायिक र अपराधीक कार्य भएको बताएका छन् । उनले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, नेपाली नागरिकलाई फिर्ता ल्याउन र भारतीय प्रहरीलाई कारवाही गर्न माग गर्नु भएको छ ।
नेपाली नागरिक अपहरण गर्ने भारतीय प्रहरीलाई कारबाही गर्नुको सट्टा सुचना लुकाएर गुपचुप फिर्ता गर्ने हर्कतले देशको सार्वभौमिक अखण्डता मै गम्भीर धक्का लागेको प्रकाण्डद्वारा जारी वक्तव्यमा भनिएको छ । आज नेकपाले काठमाडौंमा एक विरोध जुलुशसहित भारतीय दुतावास लैनचौरमा विरोध–पत्र बुझाउने भएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












