भरतपुरमा च्यातिएका ९० मत खारेज गर्दै बाँकी मत गणना गर्ने तयारी
काठमाडौं, १९ जेठ । भरतपुरमा पुनः मतगणना गर्ने तयारी भएको छ । च्यातिएका ९० मत खारेज गरेर मत गणना गर्ने गरी निर्देशन दिने तयारीमा निर्वाचन आयोग रहेको छ । आयोगको दुई दिनसम्म बसेको बैठकबाट भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको च्यातिएको ९० मत खारेज गरेर पुनः मतगणनाको तयारी गरेको हो।
गत १४ गते राति मतगणनाकै क्रममा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको थियो। मतपत्र च्यातिएपछि आयोगले सह महान्यायाधीवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी छानविनका लागि भरतपुर पठाएको थियो।
समितिले प्रतिवेदन बुझाएपछि आयोगले सबै पक्षलाई राखेर खोल्न र च्यातिएका मतपत्र एकीन गर्न निर्देशन दिएको थियो। आयोगको निर्देशन अनुसार बिहीबार सिल खोलेर भरतपुरका प्रमुख निर्वाचन अधिकृतको नेतृत्वमा नोक्सान भएका मतपत्र गणना गरिएको थियो। गणना गर्दा ९० मत च्यातिएको पाइएको थियो।
समितिको प्रतिवदेन पाएलगत्तै हिजै साँझ बसेको आयोगको बैठक थप कानुन हेर्नुपर्ने भन्दै स्थगित भएको थियो। आज बसेको बैठकले च्यातिएका ९० मत खारेज भएको घोषणा गर्दै बाँकी मतगणना गर्न र अब उप्रान्त मतपत्रको सुरक्षा गर्न र दलीय प्रतिनिधिलाई मतपत्र छुन नदिन निर्देशन दिने तयारी आयोगले गरेको छ। आयुक्त इला शर्मा आजै साँझ काठमाडौं आइपुग्ने भएकाले पूर्ण बैठकबाट औपचारिक निर्णय गर्ने आयोगको तयारी छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












