नेपाली कामदारको तलब कटौती गर्ने मलेसियाली कम्पनीलाई ९ लाख रुपैयाँ जरिवाना
काठमाडौं, २१ जेठ । नेपाली कामदारको तलब कटौती गर्ने एक मलेसियाली कम्पनीलाई ९ लाख २१ हजार रुपैयाँ जरिवाना गरिएको छ । मलेसियाको पेताजिङ जयामा रहेको ‘ह्युमन कनेक्सन एचआर (एम) एसडिएन बिएचडी’ नामक कम्पनीलाई मलेसियाली स्थानीय अदालतले करिब ९ लाख २१ हजार (३८ हजार ४ सय रिंगिट) रुपैंया जरिवाना गरेको हो ।
मलेसियामा रहेका फस्टफूड चेन रेष्टुराँ र ईलेक्ट्रोनिक्स कम्पनीहरुमा कामदार सप्लाई गर्दै आएको उक्त कम्पनीले त्यहाँ कार्यरत ८ जना नेपाली कामदारलाई ‘तलबमान नीति’ विपरित रकम कटौती गर्ने गरेकोले गत मे १७ मा सजायअनुरुप उक्त जरिवाना तोकिएको हो । ह्युमन कनेक्सनले उनीहरुलाई ‘ओउटसोर्सड् वर्कर’ का रुपमा म्याक डोनाल्ड्स रेष्टुरेण्टलाई ३ बर्षे करारमा सप्लाई गरेको थियो ।
अदालतले यसबारे गतबर्ष डिसेम्बरमा परेको मुद्दामा दुईसाताअघि उक्त निर्णय सुनाएको हो । उक्त अदालती निर्णयपछि ती नेपाली कामदारले झण्डै ८ महिनापछि न्याय पाएका छन् । उनीहरु चर्चित अन्तर्राष्ट्रिय फास्टफूड चेन रेष्टुराँ ‘म्याक डोनाल्ड्स’ र ईलेक्ट्रोनिक्स कम्पनी ‘सामसुङ’ मा कार्यरत थिए ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












