एमाले प्रमुख निर्वाचन आयुक्तविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारीमा
काठमाडौं, २१ जेठ । नेकपा एमालेले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने गृहकार्य थालेको छ । भरतपुरको वडानम्बर १९ मा पुनः मतदान गराउने यादव नेतृत्वको टिमको निर्णयबाट रुष्ट एमालेले आयोगको छविलाई कांग्रेस र माओवादीको इशारामा लागेर धमिलो बनाएको र गरिमा समेत घटाएको निश्कर्ष निकाल्दै एमालेले महाअभियोगको सजिलो बाटोमार्फत यादवलाई निलम्बन गर्ने भएको हो ।
संसदको कायम कुल सदस्य संख्याको एकचौथाई सदस्यले संवैधानिक अंगका अधिकारीविरुद्ध संसदमा महाअभियोग दर्ता गराउन सक्छन् । हाल संसदमा कायम कुल सदस्य संख्या ५ सय ९३ हो । यो हिसाबले एकचौथाई सदस्य भनेको १ सय ५७ को हो । एमाले एक्लैको संसदमा १ सय ८१ सिट रहेको छ । यो हिसाबले यादवविरुद्ध महाअभियोग दर्ता गराएर उनलाई निलम्बन गर्न एमालेलाई गाह्रो छैन । महाअभियोग दर्ता हुनेबित्तिकै सम्बद्ध व्यक्ति पदबाट तत्कालै निलम्बनमा पर्ने संवैधानिक व्यवस्था छ ।
एमालेका एक नेताले प्रमुख आयुक्त यादव सत्तापक्षको मतियार बनेर एमालेविरुद्ध नांगो रुपमा लागेका दाबी गर्दै भने, हामीले सबै सांसदको हस्ताक्षर संकलन गरेका छौ, अब अवस्था हेरेर महाअभियोग दर्ता गराउँछौ ।
ती नेताको भनाईमा आइतबार संसद अवरुद्ध गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने, आफू निकटका कानून व्यवसायीमार्फत आयोगको निर्णयलाई अदालतमा पुर्याएर त्यहाँबाट पुनः मतदान रोक्ने र त्यसपछि यादवविरुद्ध संसदमा महाअभियोग दर्ता गर्ने एमाले रणनीति रहेको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












