क्यासिनोमा हमला गरेर ३६ जनाको ज्यान लिने व्यक्ति आतंककारी नभई ऋणमा डुबेका जुवाडे
काठमाडौं, २१ जेठ । फिलिपिन्सको राजधानीमा अवस्थित क्यासिनोमा ओगो लगाएर ३७ जनाको हत्या गर्ने व्यक्ति जुवाका कारण नमज्जाले ऋणमा डुबेका व्यक्ति भएको जनाईएको छ । उक्त घटनाका प्रमुख हमलाकारी मानिएका ४३ वर्षीय जेसी कार्लोस तीन सन्तानका बुवा भएको प्रहरीले जनाएको छ । ‘हामी दोहोराउन चाहन्छौं कि उक्त घटना आतंककारी होइन । यो एक व्यक्तिको आक्रमण हो,’ मनिला पुलिसका प्रमुख अल्बाएल्डेले आरोपीको परिचय खुलेपछि पत्रकारलाई जानकारी दिए ।
उनी गत अप्रिलदेखि मनिलाका सबै क्यासिनोमा प्रतिबन्धित तीन सन्तानका पिता हुन् । उनलाई जुवाको लतले नराम्रोसँग गाँजेका कारण उनका परिवारको विशेष अनुरोधपश्चात् उनलाई क्यासिनोमा प्रतिबन्ध गरिएको हो । ‘क्यासिनोको जुवाका कारण उनी ऋणमा चुर्लम्मै डुबेका छन् जसका कारण उनको परिवार र श्रीमतीसँग उनको सम्बन्ध राम्रो थिएन,’ अल्बाएल्डेले बताए ।
मास्क लगाएका उनले रिसोर्ट वर्ल्ड क्यासिनो र मनिलास्थित होटल कम्प्लेक्समा गत शुक्रबार एमफोर अटोमेटिक राइफल र एक बोतल पेट्रोलसहित प्रवेश गरेका थिए । उनले कम्प्लेक्सका विभिन्न कोठामा आगो पनि लगाइदिएका छन् ।
उक्त आगलागीमा ३७ जनाको मृत्यु भएको छ भने भाग्ने कोसिस गर्दा दर्जनौं घाइते भएका छन् । आरोपीलाई पाँच घण्टापश्चात् होटलको रुममा मृत भेटियो । पुलिसका अनुसार उनले आगो लगाएर आत्महत्या गरेका हुन् । एजेन्सी
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











