एमालेले संसद अवरोध नगर्ने भएपछि शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री हुने पक्का
काठमाडौं, २२ जेठ । मुलुकले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवालाई ४० औं प्रधानमन्त्रीको रुपमा पाउने भएको छ । आईतबार हुने भनिएको प्रधानमन्त्री निर्वाचन एमालेले संसद अवरोध गर्ने बताएपछि मंगलबारको लागि सारिएको थियो । भोली (मंगलबार) एमालेले संसद अवरुद्ध नगर्ने बताएपछि देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनको दिन संसदमा अवरोध नगर्ने भएको छ । एमाले उपाध्यक्ष भीम रावलले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आफ्नो पार्टी अगाडि बढ्ने बताए । भोलि संसदको अवरोध हट्ने र प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध नगर्ने भन्दै उनले भने, हामी भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग लिन्छौं तर, देउवाजीको विपक्षमा मत हाल्छौं ।’
चितवनमा मतपत्र च्यातिएको घट्नाका मुख्य दोषी कांग्रेस र माओवादी केन्द्र नै भएको आरोप लगाउँदै उनले सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए । उनले भने, ‘दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपुर्ण हुनुपर्छ ।’ उनले प्रधानमन्त्रीका उम्मेद्धवार देउवा र आफू प्रदेश नम्बर ७ कै स्थायीवासिन्दा भएको भन्दै आफ्नो व्यक्तिगत रुपमा अत्यन्तै राम्रो सम्बन्ध रहेको बताए ।
उनले भने, ‘व्यक्तिगत रुपमा देउवाजी र प्रचण्डजीसँग मेरो राम्रो सम्बन्ध छ । तर देशको जिम्मेवार, लोकतन्त्रको रक्षाविरुद्ध लागे आलोचना गर्नु पर्छ, राम्रा काम गरे शेरबहादुरजी देउवालाई पनि मेरो समर्थन रहन्छ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












