कांग्रेसबाट पहिलो चरणमा महेश आर्चाय अर्थ र ज्ञानेन्द्र कार्की भौतिक पूर्वाधारमन्त्री बन्ने
काठमाडौं, २३ जेठ । शेरबहादुर देउवा सरकारमा काँग्रेसले आज तीन जनालाई मन्त्रीपरिषद्मा बठाउने भएको छ । आजै मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित हुन लागेका देउवाले काँग्रेसको तर्फबाट तीन जना मन्त्री पाउन लागेका हुन् । यस विषयमा देउवाले रामचन्द्र पौडेलसँग पनि कुरा गरेका छन् ।
देउवा निकट एक नेताका अनुसार पहिलो चरणका गोपालमान श्रेष्ठ, महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने मनस्थिति देउवाले बनाएका छन् । श्रेष्ठले उपप्रधानमन्त्री दावी गरेका छन् । तर, पार्टीभित्रैबाट देउवामाथि कृष्ण सिटौलालाई उपप्रधानमन्त्री बनाउन दबाव पनि परिरहेको छ । सत्ता सहयात्री र विपक्षी दलहरुसँग डिल गर्नका लागि पनि गोपालमान भन्दा सिटौला सहज हुने उनीहरुको देउवालाई सुझाव छ ।
महेश आचार्यलाई अर्थमन्त्री बनाउने र ज्ञानेन्द्रवहादुर कार्कीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने तयारी देउवाको छ । आचार्य पार्टीभित्र रामचन्द्र पौडेल समूहका हुन् । तर, उनी देउवासँग पनि समदूरीमा छन् । रामशरण महत, डा. नारायण खड्का, महेश आचार्य सबै पौडेल पक्षमा छन् । तीमध्ये आचार्यलाई देउवाले आफू अनुकुल ठानेर अर्थमन्त्री बनाउन लागेका हुन् ।
भौतिक पूर्वाधार मन्त्रालय पछिल्लो समय देउवाले आफ्ना विश्वासपात्रलाई मात्रै दिने गरेका छन् । यसअघि विमलेन्द्र निधी र रमेश लेखकलाई भौतिक पूर्वाधार मन्त्री बनाएका देउवाले यसपटक ज्ञानेन्द्र कार्कीलाई दिन लागेका हुन् । गोपालमान श्रेष्ठलाई भने देउवाले आफू नेतृत्वको सरकारमा ल्याएर पार्टीमा निधीलाई उपसभापति मनोनित गर्ने बाटो खुलाउन लागेका हुन् । वरिष्ठताका हिसाबले गोपालमानले उपसभापति दाबी गर्दै आएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












