संसदमा केपी ओलीको सत्तापक्षलाई प्रश्न, ‘को-को उम्मेदवार हुँदा हराउन नपाइने हो ?’
काठमाडौं, २३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्ष चुनाव हार्न तयार नभएको आरोप लगाएका छन् । भरतपुर महानगरको वडानम्बर १९ को केही मतपत्र च्यातिएकोभरमा प्रयोजित रुपमा पुनः मतदानमा जाने निर्णय भएको भन्दै उनले यो डरलाग्दो र दुःखद भएको बताए । व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘चुनावमा हारजित हुन्छ । तर, सत्तापक्ष केहीरकेही ठाउँमा हार्न तयार भएको छैन ।’
ओलीले अघि भने, ‘को को हुँदा हराउन नपाइने हो कमसेकम प्रतिपक्षलाई थाहा पाए माइन्ड मेकअप गर्न पाइन्थ्यो । नत्र परीणाम स्वीकार गर्नुपर्छ ।’ भरतपुरमा मतपत्र च्यात्नेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिँदा पनि कब्जा भन्नु अनौठो भएको बताए । उनले संसदमा प्रश्न गरे, ‘निर्वाचन अधिकृत कब्जामा थियो ? प्रहरी प्रमुख कब्जामा थियो ? उम्मेदवार कब्जामा थियो ?’
निर्वाचन अधिकृतले मतगणनास्थल रणभूमितुल्य भएको र मतगणना सहज रुपमा गर्न नसक्ने अवस्था भएको रिपोर्ट पठाएको भन्दै उनले भने, ‘निर्वाचन आयोगले त्यस गोलमटोल रिपोर्टलाई विश्वास गरेन र अनुगमन टोली पठायो ।’ मतपत्र च्यात्नेहरुलाई खादा लगाएर सम्मान गरिएको बताए । लोकतन्त्रमा मतपत्र च्यात्नेलाई कारबाही गर्नुपर्ने ठाउँमा पुरस्कृत गरिने गरेको बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












