चौथो कार्यकालका लागी प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको बायोडाटा
काठमाडौं, २३ जेठ । शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीको रुपमा संसदबाट निर्वाचित भएका छन् । संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा यसअघि तीनपटक प्रधानमन्त्री भैसकेका छन् । २०७२ फागुन २० देखि २४ मा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका देउवा प्रधानमन्त्रीमा झण्डै दुइ तिहाई सांसदको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनलाई माओवादी, राप्रपा, मधस केन्द्रीतका साथै साना दलहरुको समर्थन छ ।
२००४ साल जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा जन्मिएका देउवाले विभिन्न समयमा राजनैतिक संघर्षका क्रममा नौ वर्ष जेलजिवन बिताइसकेका छन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसंघको प्रथम सभापति हुँदै २०४६ सालमा प्रजातन्त्र आएपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलन पछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुँदै आएका छन् ।
४५ वर्षको उमेरमा गृहमन्त्री बनेको ५ बर्ष नवित्दै उनी प्रधानमन्त्रीको कुर्सीमा बसेका थिए । विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नम्बर १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्र नम्बर १ र कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर ४ बाट विजयी देउवाले गृहमन्त्री र पटक–पटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसककेका छन ।
विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए । २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनले २०५२, २०५८ र २०६१ मा गरी तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका हुन् ।
त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो गरिसकेका छन् । देउवा एक छोराका पिता हुन । उनकी धर्मपत्नी डा. आरजु पनि अहिले व्यवस्थापिका–सांसद रहेकी छिन ।
यसअघि तीनपटक सम्म सरकार चलाएको अनुभव भएका देउवा सत्ताका माहिर खेलाडी समेत मानिन्छन् । यद्यपी उनले यसअघि सरकारको नेतृत्व गर्दा असफल प्रधानमन्त्रीको आरोप समेत लागेको छ । साशनसत्ता राजालाई बुझाएको आरोप समेत खेपेका देउवाले अव भने मुलुकलाई कसरी हाक्छन् त्यो भने हेर्न बाँकी छ ।
१.पहिलो पटक –२०५२ भाद्र २७ देखि २०५३ फागुन २० (५७४ दिन ) १८ महिना
२.दोस्रो पटक –२०५८ श्रावण ११ देखि २०५९ आश्विन १८ (४३५ दिन साढे १४ महिना )
३. तेस्रो पटक –२०६१ जेठ २१ देखि २०६१ माघ १९ (२४३ दिन) (८ महिना )
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












