मन्त्री छान्न माओवादी हेडक्वाटर बैठक बालुवाटारमा, राप्रपा अझै अन्योलमा
कठामाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको छनोठ गर्न बालुवाटारमा माओवादी केन्द्रीय कार्यलय वैठक बोलाइएएको छ । बुधबार बिहानै सुरु भएको बैठकले प्रारम्भमा दुईजना मन्त्रीको नाम सिफारिस गर्नेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्नेछन् र पहिलो चरणमा आजै केही मन्त्रीहरुले समेत सपथ ग्रहण गर्नेछन् । यसक्रमा माओवादीले पहिलो चरणमा गृहमन्त्री र उपप्रधानमन्त्री पठाउने गृहकार्य गरेको छ ।
देउवा सरकारमा माओवादीले ८ वटा मन्त्रालय सम्हाल्ने छ । आज दुई मन्त्रीहरु छनोट गरेपछि बाँकी छ मन्त्री दोस्रो चरणमा छानेर पठाउने माओवादी केन्द्रको तयारी छ । मन्त्री बन्न धेरै आकांक्षी भएपछि माओवादी केन्द्रलाई कसलाई पठाउने भन्नेमा सकस भएको छ ।
यसैवीच कांग्रेसले राप्रपालाई पनि एक मन्त्रीको नाम दिन आग्रह गरेको छ । तर, राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडान छाडेका छैनन् ।
देउवाले राप्रपालाई ४ वटा मन्त्रालय दिने वचन दिएका छन् । पशुपति समशेर राणा र दीपक बोहोरा लगायतका नेताहरु उपप्रधानमन्त्री नपाए पनि सरकारमा जाने पक्षमा छन् भने कमल थापा उपप्रधानमन्त्री पाउनुपर्ने र आफैंले सरकारको नेतृत्व गर्नुपर्ने अडानमा भएका कारण राप्रपाले मन्त्रीको नाम छान्न सकेको छैन ।
राप्रपाले मन्त्रालयबारे छलफल गर्नका लागि दिलनाथ गिरी, जयन्त चन्द र कुन्ती शाही रहेको कार्यदल बनाएको छ । सो कार्यदललाई अहिलेसम्म प्रधानमन्त्री देउवाबाट केही पनि खबर नआएको नेता दिलनाथ गिरीले जानकारी दिए । राप्रपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष कमल थापाले नै गर्ने गिरीले बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












