काँग्रेस र माओवादीले पहिलो चरणमा सरकारमा जाने मन्त्रीको टुंगो लगायो, यी हुन्, मन्त्रीहरु
काठमाडौं, २४ जेठ । नेपाली काँग्रेस र माओवादी केन्द्रले शेरबहादुर देउवा सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाएका छन् । मंगलबार मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित काँग्रेस सभापति शेरबहादुर देउवा सरकारमा पहिलो चरणमा जाने मन्त्रीहरुको टुंगो लगाईएको हो ।
मन्त्रीहरुको टुंगो लागेसँगै प्रधानमन्त्री देउवाल र मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् । नेपाली काँग्रेसको तर्फबाट गोपालमान श्रेष्ठ उपप्रधान तथा रक्षामन्त्री बन्ने भएका छन् । त्यस्तै ज्ञानेन्द्रबहादुर कार्की भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्नेछन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि यो मन्त्रालय दाबी गरेका थिए । तर, भौतिक पूर्वाधार काँग्रेसले आफैंसँग राख्ने भएको हो । त्यस्तै रामचन्द्र पौडेल समूहका तर्फबाट महेश आर्चाय पनि मन्त्री बन्न लागेका छन् । तर उनले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन् । पौडेल समूहले देउवाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेकाले आर्चाय मन्त्री बन्नेमा अन्यौल कायम छ ।
त्यस्तै सत्ताको साझेदार माओवादी केन्द्रले पहिलो चरणमा तीन जना मन्त्री पठाएको छ । कृष्णबहादुर महराको नेतृत्वमा माओवादी केन्द्रले सरकारमा पठाउने निर्णय गरेको हो । महरा उपप्रधान तथा परराष्ट्रमन्त्री बन्ने छन् । त्यस्तै प्रचण्ड सरकारमा सफल उर्जा मन्त्रालय सम्हालेका जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रालय पाएका छन् । त्यस्तै प्रभु शाहले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनेछन् ।
राप्रपाले भने अहिलेसम्म मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन् । राप्रपाले उपप्रधानसहित ४ मन्त्रालय माग गरेको छ । तर देउवाले भने एक जनामात्रै मन्त्री पठाउन भनेको छ । देउवाले सानो आकारको मन्त्रीपरिषद गठन गर्नभन्दै राप्रपासँग एक मात्र मन्त्री पठाउन भनेको हो । त्यस्तै विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले समेत मन्त्रीको टुंगो लगाउन सकेको छैन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












