प्रधानमन्त्री देउवा र मन्त्रीहरु सन्त कृष्णदास जी महाराजको शरणमा
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले साधुको शरणमा पुगेर आशीर्वाद लिएका छन् । मंगलबार नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका प्रधानमन्त्री देउवा र उनका मन्त्रिपरिषदका वरिष्ठ सदस्यहरुले मन्त्रालय सम्हाल्नुअघि साधुको आशीर्वाद लिएका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनलाई भैंसीको पूजा गराएर चर्चित भएका सन्त कृष्णदास जी महाराजसँग देउवासहितका मन्त्रीहरुले आशीर्वाद लिएका हुन् । महाराजले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री र मन्त्रीहरुले आशीर्वाद लिइरहेको तस्बिर पोष्ट समेत गरेका छन् ।
तस्बिरमा प्रधानमन्त्री देउवाको साथमा पत्नी आरजु पनि देखिएकी छन् । तस्बिरमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा साधुलाई दण्डवत गरिरहेका देखिएको छ । गलामा फूलको माला र खादा लगाएर उभिएका अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि शुभेच्छुकको साथमा साधुसँगै छन् । अनि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि साधुसँग आशीर्वाद लिएका छन् ।
सन्त कृष्णदास जीका अनुसार प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्कीको तस्बिर नयाँ तथा महरा र गच्छदारको तस्बिर चाहिँ पुरानो हो । प्रधानमन्त्री, मन्त्री र नेताहरु यसरी आफूलाई भेट्न र आशीर्वाद लिनको लागि प्रायः आइरहने उनको भनाई छ ।
भगवानलाई निकै नै मान्ने देउवाले यसअघि पनि पशुपतिमा गएर ग्रहपूजा गराएका थिए । त्यस्तै उनले ज्योतिषकहाँ गएर साईत हेराएर प्रधानमन्त्रीको उम्मेदवारी दिएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












