सत्ताविना श्वास पनि फेर्न नसक्ने विजयकुमार गच्छादार १४ औं पटक सरकारमा
काठमाडौं, २५ जेठ । मधेशी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार भन्नेविक्तिकै सवैको कान तिखा हुन्छन् । उनी नेपालको राजनीतिमा एक खेलाडी नै मानिन्छन् । २०४८ सालदेखि नेपालको राज्यमन्त्री पद खाएका गच्छदार वर्तमान सरकारमा पुग्दा सम्म १४ औं पटक सरकारमा सहभागि भईसकेका छन् ।
नेपाली सत्ता राजनीतिको सदावहार खेलाडी मानिने गच्छदार देउवा नेतृत्वको वर्तमान सरकारमा १४ औं पटक सहभागि भएका छन् । नेपालको ईतिहासमा सबैभन्दा धेरै पटक मन्त्री बन्ने भाग्यमानी नेता भन्दा गच्छदार हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी उपप्रधानसहित स्थानीय विकासमन्त्री बनेर सबैभन्दा धेरै पटक मन्त्री बन्ने रेकर्ड कायम गरेका छन् । संविधान सभाका दुइवटै चुनावमा प्रत्यक्ष जितेका कयौं सांसदले एक पटक पनि मन्त्री बन्न नपाउँदा पनि गच्छदार भने ६ पटक मन्त्री खाने ‘भाग्यमानी’ बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा गच्छदार प्रचण्ड सरकारमा सहभागी भएका थिए । नयाँ सरकारमा सहभागिता सुनिश्चित गर्न गच्छदार केही दिनको लागि भए पनि प्रचण्ड सरकारमा गएका थिए ।
२०४८ सालमा गिरिजाप्रसाद कोइराला सरकारमा सञ्चार राज्यमन्त्रीबाट सरकारमा प्रवेश गरेका गच्छदार चारपटक उपप्रधानमन्त्री बनिसकेका छन् । २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गच्छदार निर्माण तथा यातायात मन्त्री थिए ।
२०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकार र ०५५ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पनि गच्छदार निर्माण तथा यातायात मन्त्री थिए । २०५६ सालमा बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार र २०५८ सालमा बनेको देउवा नेतृत्वको सरकारमा गच्छदार जलस्रोत मन्त्री थिए ।
२०६५ सालमा प्रचण्ड नेतृत्वमा बनेको सरकार र २०६६ मा बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारका गच्छदार भौतिक योजना तथा निर्माणमन्त्री बने । त्यस्तै २०६८ सालमा बाबुराम भट्टराईको नेतृत्वको सरकारमा गच्छदार उपप्रधान एवं गृह र रक्षामन्त्री बनेका थिए । २०६९ सालमा बाबुराम भट्टराई सरकार पुनर्गठन हुँदा गच्छदार उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।
२०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री थिए । प्रचण्ड र देउवा सरकारमा उनी उपप्रधानसहित स्थानीय विकास मन्त्री बनेका छन् । भौतिक पूर्वाधार मन्त्रालय उनको मुख्य रोजाइमा पर्ने मन्त्रालय हो । मन्त्री बनेको समयमा गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा एक आर्थिक बर्षमा १४ वटा पुल पारेका थिए ।
मधेश केन्द्रित दलका नेताहरु गच्छदारलाई सत्ताका लागि जे पनि गर्न सक्ने तथा सत्ताबिना बाच्न नसक्ने ‘पानी बिनाको माछो’को संज्ञा दिन्छन् । हुनत नेपाली ईतिहासमा राप्रपा अध्यक्ष कमल थापा पनि सत्ताको लागि मरिहत्तै गर्ने नेताको रुपमा चिनिन्छन् । तर थापाभन्दा गच्छदार सत्ता विना श्वासै फेर्न पनि नसक्ने जस्तो मानिन्छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












