देउवालाई भारत समर्थन प्रधानमन्त्री भन्ने भारतीय मिडिया ओलीसँग किन डराएका
काठमाडौं, २५ जेठ । मंगलबार नेपालको ४० औं प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवा निर्वाचित भए । काँग्रेस सभापति समेत रहेका देउवा माओवादी केन्द्र, मधेशवादी दल, राप्रपालगायतको समर्थनमा प्रधानमन्त्री भएका थिए । आफ्नो चौथो कार्यकालको लागी प्रधानमन्त्रीमा निर्वाचित भएका देउवालाई भारतीय मिडियाले गरेको चित्रण यतिबेला चर्चामा छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएको भोलीपल्ट प्रकाशित भएका भारतीय पत्रपत्रिकाले “भारत समर्थक देउवा चौथो पटक नेपालको प्रधानमन्त्री बने ” भनेर खबर छापेका थिए । अहिले यो विषयले निकै चर्चा पाईरहेको छ । सामाजिक सञ्जालमा यसले निकै प्राथमिकता पाएको छ । नेपालको राष्ट्रियतामाथि नै आँच आउने गरी भारतीय मिडियाले देउवाप्रति गरेको चित्रणले नेपाल र नेपालीको शाँख कमजोर भएको चर्चा पनि सामाजिक सञ्जालमा आईरहेको छ ।
सामान्यता भारत तथा भारतीय मिडियाले नेपाल र नेपालीको राष्ट्रियतामाथि आँच आउने काम गरेको यो पहिलो पटक भने होईन् । यो भन्दा पहिले पनि गर्दै आईरहेका छन् । भारतले नेपालको राजनीति गतिविधिमा प्रत्यक्ष हस्तक्षेप गरिरहने कुरा पनि पटक पटक उठ्ने गरेको छ । यसो हुनुमा नेपालका नेताहरुको नै कमजोरी मान्नेहरु पनि नभएका होईनन् । भारतीय मिडियाले नेपालमाथि हेपाह प्रवृति देखाउनु पनि राजनीतिज्ञहरुको कमजोरी मानिन्छ । उसो त भारतीय मिडियाले नेपालमाथि हेपाह प्रवृति देखाउने कुरा २०७२ सालमा गएको महाभूकम्पका बेला देखाएको हर्कतले पनि प्रष्ट पारेकै थियो । नेपाली मिडियालाई समेत जान नदिईएको क्षेत्रमा भारतीय मिडियाहरुले खुलेआम रिर्पोटिङ गरेका थिए ।
मंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाको विषयमा जसरी भारतीय मिडियाले चित्रण गरेका थिए तर तत्कालिन प्रधानमन्त्री केपी ओलीको विषयमा भने सकारात्मक समाचार बनाएका थिए । नेपालमा भारतले लामो समयसम्म लगाएको नाकाबन्दीका बेला प्रधानमन्त्री ओली भारत भ्रमणमा निस्किएका थिए । उनी भारत भ्रमण गरेर स्वदेश फर्किने बेला नाकाबन्दी एकाएक आफै अन्त्य भएको थियो ।
भारत भ्रमणका बेला भारतीय मिडियाले भने “भारतीय प्रधानमन्त्रीलाई थर्काउने ओली नेपालको पहिलो प्रधानमन्त्री” भनेर चित्रण गरेका थिए । नेपालको विषयमा निकै नै हेपाह प्रवृतिका समाचार प्रकाशन तथा प्रशारण गर्ने भारतीय मिडियाले ओलीलाई भने “भारतसामू नझुक्ने नेपालको पहिलो प्रधानमन्त्री” भनि चित्रण गर्नुले पनि नेपाल र नेपालीको गर्वको विषय थियो ।
नेपाल विश्वसामू कहिले पनि उपनिवेशमा नबसेको कुरा विश्वलाई नै सर्वविधितै छ । हाम्रा पुर्खाहरुले नेपाल कसैको पनि उपनिवेशमा रहन नसक्ने भन्दै निकै संघर्ष गरेका थिए । तर पनि भारतले नेपालप्रति गर्ने व्यवहारले एक सच्चा छिमेकी भन्दा सौतेनी जस्तो व्यवहार देखिने परराष्ट्रविद्हरुको बुझाई छ । यो समस्याबाट मुक्ति पाउन भारतलाई भन्दा पनि स्वयमं नेपालका राजनीति गर्ने राजनीतिज्ञ र नेपाली जनता सजक हुनु जरुरी छ ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











