राजपा नेताविरुद्ध खनिदैँ चित्रबहादुर केसीले भने, ‘यो के तमासा हो ?’
काठमाडौं, २६ जेठ । राष्ट्रिय जनमोर्चाका नेता चित्रवहादुर केसी राष्ट्रिय जनता पार्टीका नेताहरुविरुद्ध खनिएका छन् । संविधान संशोधन नभई स्थानीय चुनावमा भाग नलिने चेतावनी दिँदै आएका राजपा नेताहरुलाई केसीले संसद बैठकमै यो के तमासा हो ? भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री शेरवहादुर देउवालाई बधाई दिने क्रममा राजपा नेताहरुले आफूहरुले संविधान अझै स्वीकार नगरेको भन्दै संशोधनको माग गरेपछि केसीले आपत्ति जनाएका हुन् । प्रधानमन्त्रीलाई बधाई दिँदै सत्तापक्षका राजपा नेताहरुलाई केसीले सोधे, प्रधानमन्त्रीलाई भोट हाल्नु परेर खुरुरु दौडेर संसदमा आउने, संविधान पनि मान्ने । अनि स्थानीय चुनावमा जनताले भोट हाल्ने बेला संविधान मान्दैनौं भनेर भाँड्न खोज्ने ? यो के तमासा हो ?
केसीले तीन जना प्रधानमन्त्रीलाई भोट हाल्नका लागि मधेसी मोर्चालाई संविधान स्वीकार्य भएको तर, जनताले भोट हाल्ने बेला अस्वीकार्य हुनु बिडम्बना भएको बताए । केसीलाई जवाफ दिँदै राजपा अध्यक्ष मण्डलका अध्यक्ष महिन्द्र राय यादवले भने आफूहरुले संविधान स्वीकार नगरेको बताए । उनले भने, ‘हामीले संविधान मानेका छैनौं, त्यसैले संशोधनका लागि आन्दोलन गरेका हौं, बिगतको अन्तरिम संविधान अन्तर्गत रहेको ६०१ सदस्यीय संसद रहेकाले प्रधानमन्त्री चुनावमा भाग लिएका हौं ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












