भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच १७ महिनापछि भेटवार्ता
काठमाडौं, २६ जेठ । भारत र पाकिस्तानका प्रधानमन्त्रीबिच १७ महिनापछि भेटवार्ता भएको छ । गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको हो । काश्मिर भूभागका कारण यी दुई देशका बिचमा राम्रो सम्बन्ध रहने गरेको छैन । तर गएको केही समययतादेखि काश्मिरमा उत्पन्न नयाँ विवादसँगै उहाँहरुबिच कजाकिस्तानमा भेट भएको समाचारमा जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबिच बिहीबार साँझ कजाकिस्तानमा भेट भएको दुवै
जनाले हात मिलाउदै एक आपसमा अभिवादन गरेका थिए । उहाँहरु कजाकिस्तानमा जारी सांघाई कोअपरेशन फोरममा सहभागिताका लागि त्यहाँ रहनुभएको छ ।
उहाँहरुबिच यसअघि सज् २०१५ को डिसेम्बर महिनामा जलवायु परिवर्तनसम्बन्धमा फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनका क्रममा भेटवार्ता भएको थियो । भारतीय विदेशमन्त्रालयका एकजना अधिकारीले उहाँहरुबिच वार्ता भने नभएको र उक्त सम्मेलनको उद्घाटनका क्रममा भेट र हात मिलाउने काममात्र भएको जनाएका छन् ।
सन् २०१६ को जनवरी महिनामा भारतीय भूभाग पठानकोटमा रहेको भारतीय सैनिक क्याम्पमा भएको भिषण आतंककारी हमलापछि यी दुई देशबिचमा लामो विवाद उत्पन्न हुदै आएको छ । हमलामा पाकिस्तान संरक्षित आतंककारीको हात रहेको आरोप भारतले लगाउँदै आएको छ । तर पाकिस्तानले भने यसको कडा रुपमा खण्डन गर्ने गरेको छ ।
भारत र पाकिस्तानबीच हुने गरेको शान्ति वार्ता पनि भारतीय पक्षका कारण स्थगित हुदै आएको छ । जसका कारण पछिल्ला केही वर्षयतादेखि यी दुई देशबिच औपचारिक वार्ताहरु पनि रोकिएका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












