राजेन्द्र महतो देउवाविरुद्ध उत्रिदै भने, ‘मुलुक गम्भिर दुर्घटनामा पर्न सक्छ’
विराटनगर, २८ जेठ । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफ्ना मागहरु पूरा नभए दोस्रो चरणको चुनावमा सहभागी नहुने प्रष्ट पारेका छन् । सरकारले चुनावको मिति केही दिन पछि सारेर भए पनि मधेसी दललाई चुनावमा आउने वातावरण तयार गर्नुपर्ने उनको भनाई छ ।
महतोले संविधान संशोधनको आफूहरुको माग सम्बोधन नगरी निर्वाचनमा गए मुलुक दुर्घटनामा पर्ने चेतावनी दिए । ‘संविधान संशोधन नगराइ चुनाव गराए त्यसको नतिजा राम्रो आउन सक्दैन,’ विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस्तो गल्ती गरेर देशलाई अस्थिर बनाउनु हुनेछ भन्ने मलाई लाग्दैन ।’
उनले अघिल्लोपटक देउवा प्रधानमन्त्री भएका बेला जनताको तर्फवाट पेश भएका मागलाई रद्दीको टोकरीमा हाल्दा मुलुक द्वन्द्वमा फसेको स्मरण गराउँदै त्यसबाट पाठ सिकेर देउवाले मधेस समस्या समाधान गर्नुपर्ने बताए ।
महतोले मधेस आन्दोलका क्रममा लगाइएका मुद्दा फिर्ता, जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिका संख्या थपभएपछि मात्रै राजपा निर्वाचनमा जाने प्रष्ट पारे ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












