ताजा समाचार

फ्रान्समा म्याक्रोनको पार्टीले ५७७ सिटमध्ये ४४५ भन्दा बढी सिटमा जित्ने अनुमान

काठमाडौं, २९ जेठ । फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टीले महत्वपूर्ण जित दर्ता गर्ने विश्लेषण गरिएको छ । आइतबार भएको पहिलो चरणको संसदीय चुनावमा म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले बहुमत सिटमा जित निकाल्ने मतदानपछिका सर्वेक्षणले देखाएको छ ।

संसदका ५ सय ७७ सिटमा म्याक्रोनको पार्टी र मोडेम गठबन्धनले ४ सय ४५ भन्दा बढी सिटमा जित निकाल्ने सर्वेक्षणले देखाएको छ । झण्डै १४ महिनाअघि पार्टी गठन गरेर चुनावी अभियानमा लागेका म्याक्रोन गएको महिना भएको राष्ट्रपतीय चुनावमा विजयी हुँदै कम उमेरमै राष्ट्रपति बन्ने फ्रान्सको पहिलो व्यक्ति बनेका थिए ।

३९ वर्षका म्याक्रोनको पार्टी र मोडेमले गठबन्ध बनाएर संसदीय चुनावमा उम्मेदवारी दिएका छन् । दोस्रो चरणको संसदीय चुनाव आउँदो आइतबार हुनेछ । त्यसपछि मात्रै संसदको अन्तिम परिणाम थाहा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org