मतपत्रको कोठाभन्दा बाहिर मतदान गरेर चुनाव वहिस्कार गर्न राजपालाई सीके राउतको सुझाव
काठमाडौं, २९ जेठ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरलाई मतपत्रको कोठाभन्दा बाहिर मतदान गरेर निर्वाचन बहिस्कार गर्न आग्रह गरेका छन् । आइतबार साँझ डा. राउतद्धारा जारी गरिएको पत्रमा राजपाले आन्दोलन घोषणा गरेकोप्रति खुशी व्यक्त गरिएको छ । डा. राउतले निर्वाचनको बहिस्कार गरेकोमा राजपालाई धन्यवाद दिदै बहिस्कारको शैली परिवर्तन गर्न आग्रह गरेका छन् ।
निर्वाचन बहिस्कार गर्दा यसअघि पनि मधेशीहरुलाई फाईदा नभई घाटा भएको बताउँदै डा. राउतले कोठाभन्दा बाहिर मोहर लगाएर निर्वाचन बहिस्कार गर्दा फाईदा हुने बताए । डा. राउतले तीन वटा बुँदामा लेख्दै सडकमा आन्दोलन गरेर मधेशीहरुको हत्या नगराउन समेत आग्रह गरेका छन् ।
संविधानले नै दिएको राईट टु रिजेक्टको अधिकार प्रयोग गर्दै मतपत्रको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएर चुनाव वहिस्कार गर्न राउतले सुझाव दिएका छन् । अहिले मधेशवादी दलहरु बाहेकका राजनीतिक दलहरु चुनावमा होमिएको तर आफुहरुको माग सम्बोधन नभएको अवस्थामा राईट टु रिजेक्ट सबैभन्दा उत्तम विकल्प भएको राउतको दावी छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












