एक महिना चुनावी प्रचार गरिसकेपछि साँफेबगरमा एमाले उम्मेदवार परिर्वतन
अछाम, २९ जेठ । तीन चरण घरदैलौ गरिसकेपछि नेकपा एमाले साँफेबगर नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार फेरिएका छन् । नेकपा एमालेले अछामको साँफेबगर नगरपालिकाको मेयरका बारेमा विवादास्पद समाचार आएपछि मेयरका उम्मेदवार शिवबहादुर कुँवरलाई फिर्ता बोलाएको हो । उनको ठाउँमा मेयरमा अब कुलबहादुर कुँवरलाई उम्मेदवार बनाईएको छ ।
मेयरका उम्मेदवार फिर्ता बोलाएपछि उपमेयरकी उम्मेदवार अमृता खड्काले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । करीव एक महिनाअघि नै एमाले ७ नम्बर प्रदेश कमिटीले तय गरेका मेयर उम्मेदवार शिवबहादुर कुँवरको बारेमा विवादास्पद समाचार आएपछि एमालेले निर्णय फेरबदल गरेको हो ।
साँफेबगरको मेयरमा अब कुलबहादुर कुँवर र उपमेयर बिर्मला बुडथापा उम्मेदवार तय भएको ७ नम्बर प्रदेश कमिटीका संयोजक भीम रावलले जानकारी दिए । यसअघिका उम्मेदवार शिवबहादुर कुँवर शिलोजको बारेमा बिभिन्न सन्चारमाध्यममा चरित्रहत्या गर्ने खालका समाचार आएकाले चुनावमा असर पर्ने देखेर उम्मेदवार फेरिएको एमालेले जनाएको छ ।
शिलोजको बारेमा काठमाडौंको सिद्धार्थ सहकारी लगायतको बैंक कारोबारमा अनियमितता गरेको आरोपसहित समाचार आएको थियो । उनले आफू विरुद्ध नियोजित रुपमा चरित्रहत्या भएको र चुनावपछि कानुनी र राजनीतिक उपचार खोज्ने आइतवार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बताए ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...
-
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार,...
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...












