ओलीले भने– वर्तमान सरकारको आँखा विग्रिएको भए चश्मा किनिदिन्थ्ये तर दिमागै बिग्रियो
काठमाडौं, २९ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार आएपछि देशका विभिन्न स्थानमा रहेका युरेनियम प्रशोधन गरेर बेच्ने बताएका छन् । उनले एमाले सरकारले युरेनियम बेच्दा छिमेकी मुलुकहरुले चित्त दुखाउन नहुने बताए । सोमबार पार्टीबाट निर्वाचित प्रदेश नम्बर ३ का जनप्रतिनिधिहरुलाई बधाई दिन ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेकपा एमालेको सरकार बनाएपछि युरोनियम निकालेर बेच्छौं । छिमेकीले चित्त नदुखाए हुन्छ । चाहिएको भए आउ किनेर लैजाउ ।’
उनले अहिले कांग्रेस र माओवादी केन्द्र मिलेर एमालेलाई प्रतिपक्षमा राखेको भन्दै चुनावपछि दुई तिहाईका साथ सरकारमा जान एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जित्ने ठाउँहरुमा धाँधली भएको दाबी गर्दै ओलीले चितवनको भरतपुर पनि त्यसकै उदाहरण भएको बताए ।
उनले भने, ‘चाँगुनारायणमा दोहोर्याएर मतगणना गर्न हुने ललितपुरमा चाँहि दोहोर्याउ भन्दा नहुने ? भरतपुरमा हार्नेले २–४ मत च्यात्दा आयोगले केहि नदेख्ने तर कब्जा गरेको भन्ने ?’ वर्तमान सरकारको आँखा बिग्रिएको भए आफूले चस्मा किनिदिने तर बुद्धिनै बिग्रिएको भन्दै एक पछि अर्को गर्दै गलत कार्यहरु गर्दै गएको आरोप लगाए । सो क्रममा उनले जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न आग्रह गरे ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












