महोत्तरीमा एमाले सांसद चढेको गाडीमा ढुंगामुढा, ड्राइभरले गाडी प्रहरी चौकीमा पुर्याएर जोगाए
महोत्तरी, ३० जेठ । महोत्तरीमा एमाले सांसद चढेको गाडीमा राजपा नेपालका कार्यकर्ताहरुले ढुंगामुढा प्रहार गरेका छन् । महोत्तरी क्षेत्र नम्बर ५ का एमालेका सांसद दिपनारायण साहको गाडीमा राजपा कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका हुन् ।
सांसद साह सवार गाडी बन्दमा चलाएको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले आज बिहानै औरही गाउँपालिकामा ढुङ्गामुढा प्रहार गरेका हुन् । बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताहरुले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् । ढुङ्गामुढाबाट सांसद साहको गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ ।
ढुङ्गामुढा प्रहार पश्चात सांसद सवार गाडीका चालकले गाडी तिब्रगतिमा भगाएर ज्यान जोगाएको बताए । उनले भने, ‘हाम्रो गाडी आन्दोलनकारीहरुले बाटोमै छेक्यो । गाडी रोक्न स्लो गरेर आन्दोलनकारी छल्दै ज्यान जोगाउन बर्दिबास प्रहरीमा पुगेँ ।’
आन्दोलनकारीको ढुङ्गामुढा प्रहार पछि सांसद साहले ज्यान जोगाउन औरहीबाट १५ मिनटमै इलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षाको लागि पुगेका थिए । अहिले सांसद इलाका प्रहरी कार्यालय बर्दिबासमा रहेका छन् । आफ्नो निर्वाचन क्षेत्र सम्सी हुँदै रामगोपालपुरबाट बर्दिवास आउँदै गर्दा औरही बजारमा सांसद साहमाथि राजपाका कार्यकर्ताहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












